२०८३, २७ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेलम्चीमा आँखा शिविर सञ्चालन

२०७५, ६ आश्विन शनिबार ०८:३१

असोज ६, मेलम्ची | मेलम्चीमा अस्ति, हिजो र आज सञ्चालित आँखा शिविरमा १४७ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ । शिविरमा एक हजार ४०० जनाले आँखाजाँच गराएका छन् । तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा आँखा शिविर सञ्चालन गरिएको हो । 

मेलम्ची नगरपालिकाका ज्योतिषगाउँ, धुसिचौर, ज्यामिरे, क्यौरानी र मेलम्ची, हेलम्बु गाउँपालिकाको चनौटे र तिम्बू, पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीमा सञ्चालित आँखा शिविरमा आएकाको शल्यक्रिया गर्नुपर्नेलाई मेलम्चीमा बोलाएर शल्यक्रिया गरिएको हो । 

वरिष्ठ आँखा विशेषज्ञ सन्दुक रुइतको निगरानीमा शल्यक्रिया गरिएको मेलम्ची सामुदायिक आँखा केन्द्रका अध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिनुभयो । 

आफ्नै घर आँगनमा सेवा पाउँदा स्थानीयवासी धेरै खुशी भएका छन् । ‘शल्यक्रियाका लागि काठमाडौँ जानुपथ्र्यो, अहिले यही सुविधा पाउँदा धेरै खुशी लागेको छ’, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका निमा लामाले खुशी व्यक्त गर्नुभयो । मेलम्ची नगरपालिका, शुभकामना सहकारी संस्था र मेलम्ची नगरपालिका–११ को आर्थिक सहयोगमा आँखा शिविर सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन