2026-11-01 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

प्रहरीको सकृयताले ओखलढुंगाको ऐतीहाँसिक रामपुर बजारक्षेत्रको मुहार फेरीँदै

okhaldhunga (2)

पूर्णप्रसाद न्यौपाने । पुस २६, ओखलढुंगा । ओखलढुंगाको ऐतीहाँसिक
रामपुर बजारक्षेत्रको मुहार फेरीँदै गएको छ । सरसफाई र शान्तिसुरक्षामा ईलाका प्रहरी कार्यालय
बरुणेश्वरले सकृयता बढाएसँगै रामपुरबजार क्षेत्रको मुहार फेरीँदै गएको हो । सहिदभूमी रामपुरमा देखिने
गरेको अव्यवस्थित फोहोर व्यवस्थापन र शान्तिसुरक्षा कायम गर्न ईलाका प्रहरी कार्यालय बरुणेश्वरले विषेश
अभियान नै सञ्चालन गरेको छ । केहि समयअघि ईलाका प्रहरी कार्यालय प्रमुख भएका आउनुभएका प्रहरी निरीक्षक
कुन्दन देव निकै सकृय भएर लागि परिरहनुभएको स्थानियले बताएका छन् ।

‘ईलाका प्रहरी कार्यालय बरुणेश्वरले जव कुन्दन देवको नेतृत्व पायो तव उहाँको सकृयताले यहाँ
हुननसकेका तर अति आवश्यकीय कामहरु भईरहेका छन्’ स्थानिय तथा पूर्व सांसद एवम् पूर्वमन्त्री होमनाथ
दाहालले भन्नुभयो‘गर्दा के नहुने रहेछ र ? आएको छोटो समयमा कुन्दनले धेरै परिवर्तन त देखाईसके ।’ प्रहरी
जनताको दुःख सुःखको साथी भएकाले पनि प्रहरीको योजना र काममा स्थानियको भरपुर साथ रहने उहाँको भनाई छ
।

ईलाका प्रहरी प्रमुख देवले कार्यभार सम्हालेसँगै रामपुर
सरसफाई अभियान सञ्चालन गर्नुभएको थियो,उक्त अभियान अहिले आठौँ हप्तामा चलिरहेको छ । भने ईलाका भित्रहुने
गरेको अबैद्य मदिरा उत्पादन,विक्रि,वितरण र सेवनकार्यलाई नियन्त्रणका लागि अभियान थालेको प्रहरीले
केहिदिन अघि ८० लिटरभन्दा बढि अबैद्य मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । त्यस्तै स्थानिययुवाहरु
जम्माभएर दिनभर रामपुर बजारक्षेत्रमा क्यारेम्बोड खेल्ने र साँझ विहान जुवातास खेल्ने गरेको पाईएपछि
नियन्त्रणको प्रयास भईरहेको बताईएको छ । केहि दिन अघिमात्रै रामपुरमा सात जना जुवाडे पक्राउ परेका थिए ।
उनिहरुलाई आगामी दिनमा जुवातासको अखडा जमाएर नबस्न अन्तीम चेतावनी सहित अभिभावकको जिम्मालगाएर छाडिएको
थियो ।

ईलाका प्रहरी प्रमुख कुन्दन देवको योजना अनुसार
स्थानियले पनि साथ दिनेगरेका छन् । प्रहरी र स्थानियकै सकृयतामा हरेक शुक्रबार रामपुरबजार सरसफाई
कार्यक्रम सञ्चालन हुने गरेको छ । जनताको सेवागर्ने कसम खाए अनुसार काम गर्ने योजनाका साथ लागि परेको
ईलाका प्रहरी प्रमुख देवले बताउनुभयो । ‘म त काम गर्ने मान्छे हुँ’ ईलाका प्रहरी प्रमुख देवले
भन्नुभयो‘जनताको ईच्छा र आवश्यकता अनुसार काम गरिरहेको छु ।’ स्थानियसँगको समन्वयमा अझै धेरै कामहरु
गर्ने योजना रहेको उहाँको भनाई छ । देव सोलुखुम्बुबाट सरुवा भएर ओखलढुंगा आउनुभएको हो ।

आवश्यक जनशक्ती र स्रोत साधनको अभावमा पनि ईलाका प्रहरी कार्यालय बरुणेश्वरले
ईलाका भित्र निकै सकृयताका साथ प्रभावकारी काम गरिरहेको स्थानिय सरोकारवालाहरुको भनाई छ । ‘प्रहरीले
राम्रो कामगर्ने प्रयास त गरिरहेको छ तर विचरा एउटा साईकल पनि राम्रो छैन कार्यालयमा’एक स्थानियले ठट्टा
गर्दै भने‘ तत्काल काँहि गएर सेवा दिनुपर्यो भने प्रहरीलाई सवारी छोज्दै घण्टा वित्छ’ कार्यालयको गाडि
करिब २ महिना देखि विग्रीएपछि जग लगाएर राखेको बताईएको छ । सामाजीक काममा बरुणेश्वर ईलाका प्रहरी
कार्यालयको सकृयता बढ्दो देखिएको भएपनि कार्यालय आफैँमा समस्यामा गुज्रीरहेको छ ।

तस्विरमाः प्रहरी निरीक्षक कुन्दन देव ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द