<p><b>असोज १५, सप्तरी ।</b> सप्तरीको राजविराज कारागारमा एक कैदीको मृत्यु भएको छ ।<br></p><p>चोरी मुद्दामा ९ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कैद जीवन बिताइरहेका छिन्नमस्ता गाउँपालिका, लोखरम टोलका ३८ वर्षीय सन्तोष साहको उपचारका क्रममा मृत्यु भएको हो ।</p><p>साहको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा आइतबार राति ९:१३ बजे निधन भएको हो ।</p>
