Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवलमा पिछडिएका समुदायलाई निःशुल्क कानूनी सेवा

२०७५, १५ आश्विन सोमबार ११:५५

असोज १५, बुटवल | उच्च अदालत तुलसीपुर बुटवल इजलासमा असहाय, विपन्न, वृद्धवृद्धा र पिछडिएका समुदायलाई निःशुल्क कानूनी सेवा प्रदान गरिएको छ । 

सो इजलासमा परेका विभिन्न मुद्दामध्ये असार मसान्तसम्म २०० मुद्दा फस्र्यौट भएको वैतनिक कानूनव्यवसायी कैलाशचन्द्र ज्ञवालीले जानकारी दिनुभयो । खासगरी अंशबण्डा, सम्बन्ध विच्छेद, आर्थिक लेनदेन, जग्गा सम्बन्धी विवाद, जबर्जस्ती करणी, गोवध, कर्तव्य ज्यान, ठगीलगायतका मुद्दामा निःशुल्क कानूनी सेवा दिइएको छ । 

तुलसीपुर बुटवल इजलासमा गुल्मी, पाल्पा, नवलपरासी, अर्घाखाँची, कपिलवस्तु र रुपन्देहीबाट वार्षिक ४० हजार भन्दा कम आय भएका र घरमा कुनै जानकारी नभएकाको मुद्दामा बहस पैरवी हुने गरेको कानून व्यवसायी ज्ञवालीले बताउनुभयो । 

‘कुनै पनि नागरिकले कानूनको प्रतिरक्षा गर्न निःशुल्क रुपमा मुद्दा हेरिएको छ’ उहाँले भन्नुभयो । कानून व्यवसायी ज्ञवालीले पीडित व्यक्तिले कानूनी प्रतिरक्षा गर्न भनेर कानूनी प्रतिरक्षाको सिद्धान्त आएको उल्लेख गर्दै बहस पैरवीबाहेक अन्य कानूनी सेवा समेत प्रदान गरेको बताउनुभयो । विसं २०४८ देखि नै यो सेवा अदालतमा प्रदान गरेको बताइएको छ । निःशुल्क सेवाका लागि अदालतमा बैतनिक कानून व्यवसायी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी