Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

सीमापारिका बजारमा नेपाली मोह

२०७५, १७ आश्विन बुधबार ०८:३१

असोज १७, नेपालगञ्ज | दशैँ, तिहार नजिकिएसँगै बाँके जिल्लाको सीमापारी भारतीय बजार रुपैडियामा नेपाली उपभोक्ता बढ्न थालेका छन् । यता नेपालगञ्जका बजारका पसलमा भने दुई÷चारजना ग्राहक आउँदा पनि व्यापारीका लागि देवतै आए जस्तै भएको छ । 

भारतीय बजार रुपैडियामा नेपालगञ्ज भन्दा सामान सस्तो पाइन्छ भन्ने नेपाली उपभोक्ताको बुझाइ छ । ‘दुई÷चार सय भए पनि रुपैडियामा सामान सस्तो पर्छ र सबैखाले सामान पाइने भएकाले पनि रुपैडिया बजार रोजाइँमा पर्ने गरेको हो’ नेपालगञ्ज–१९ की लक्ष्मी बोहराको भनाइ छ । 

सीमापारि भारतीय बजार रुपैडियाबाट ल्याएको रु १०० भन्दा बढीको सामान भन्सार नतिरेर ल्याउन पाइँदैन् । तर, यो नियम व्यवहारमा लागू भएको छैन । भन्सार कार्यालयसँग नेपालगञ्जका व्यापारीको गुनासो पनि यही नै हो । “हामीले हजारौँ पटक, नियममा कडाइ गर्नुस् भनेका छांैँ, तर नेपालगञ्ज भन्सार कार्यालय र स्थानीय प्रहरी प्रशासन गम्भीर नभएपछि कस्को के लाग्छ” नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यको गुनासो छ । 

अध्यक्ष वैश्य भन्नुहुन्छ, “बहुर्राष्ट्रिय कम्पनीका सामान रुपैडियाभन्दा नेपालगञ्जमा सस्तो पाइन्छ, भारतीय उत्पादन पनि हामीले थोकमा ल्याएर यहाँ बिक्री गर्दा रुपैडियाभन्दा पनि यहीँ सस्तो पर्न जान्छ । तर वर्षौंदेखि सीमापारि सस्तो पाइन्छ भन्ने आम उपभोक्ताको सोचलाई हामीले परिवर्तन नै गर्न सकेनौँ ।” 

यही सोच परिवर्तन गर्न र नेपाली बजारप्रति उपभोक्तामा जागरण ल्याउन नेपालगञ्जका केही व्यापारी मिलेर नेपालगञ्जमा यसवर्ष दशैँ सस्तो बजार सञ्चालनमा ल्याउने भएका छन् । 

असोज २४ गतेदेखि ३० गतेसम्म नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको पूर्वतर्फको खाली जग्गामा यहाँका व्यापारीले दशैँं सस्तो बजार सञ्चालन गर्ने भएका हुन् । दशैँ सस्तो बजारमा स्थानीय उत्पादनका वस्तुमा १० देखि २० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको आयोजक नेपालगञ्ज वितरण सङ्घका कोषाध्यक्ष उपकार टण्डनले बताउनुभयो । 

दशैं सस्तो बजार सञ्चालनका लागि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ, नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी सङ्घ, मदिरा व्यवसायी सङ्घले सघाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ