Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विद्युत् चुहावट गर्नेलाई जरिबाना

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असोज १७, मेलम्ची | हेलम्बु गाउँपालिका–३ पाल्चोकमा विद्युत् प्राधिकरणको कर्मचारीलाई दुव्र्यवहार गर्ने तीन जनाले आइन्दा यस्तो नगर्ने प्रतिबद्धता गरेका छन् । केही दिनअघि मिटर जाँच गर्न जाँदा कर्मचारी अमृत ढकाललाई स्थानीय गोपाल तोलाङ, कृष्ण तामाङ, रामबहादुर नेपालीले दुव्र्यबहार गरेका थिए ।&nbsp;<br></p><p>हिजो वडाध्यक्ष, प्रहरी प्रशासन, पीडित र भद्र भलादमीको उपस्थितिमा विद्युत् चुवावट गर्नेलाई जरिवानासहित सम्झाइबुझाइ पठाइएको मेलम्ची हेलम्बु वितरण केन्द्रका प्रमुख बलराम नेपालले जानकारी दिनुभयो । आगामी दिनमा वडामा विद्युत् चुवावट कम गर्न सहयोग गर्ने कर्मचारीलाई सहजरुपमा काम गर्न वातावरण मिलाउने, कर्मचारीबाट गल्ती भए कार्यालयमा जानकारी गराउने सहमति गरिएको नेपालले जानकारी दिनुभयो ।&nbsp;</p><p>विद्युत् चुवावट गर्ने गोपाल तोलाङ्ेबाट २८ हजार, कृष्ण तामाङबाट ६२ हजार र रामबहादुर नेपालीबाट रु ११ हजार जरिवाना असुल उपर गरिएको छ ।&nbsp;</p>