2026-11-01 10:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

गम्भीर प्रकृतीका घटनाका दोषीले माफि पाउँदैनन्: सुवेदी

पूर्णप्रसाद न्यौपाने/ माघ १३, ओखलढुंगा । द्धन्द्धको
समयमा भएका गम्भीर प्रकृतीका घटनाका दोषीले कुनै हालतमा माफि नपाउने सत्य निरुपण तथा मेलमिलाप आयोगका
सदस्य श्रीकृष्ण सुवेदीले बताउनुभएको छ । आयोगले आज ओखलढुंगामा आयोजना गरेको सरोकारवालाहरुसँगको
अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले लामो समयको गृहकार्यपछि एक वर्ष अगाडिमात्रै विधिवतरुपमा गठन भएको आयोगले अहिले सम्ममा
५० वटा जिल्लामा पुगेर अन्तरक्रिया गरिसकेको भन्दै आफ्ना कामहरु तिव्रगतीमा अघिबढाएर आयोगले पाएको
जिम्मेवारी पुरागर्ने दावी गर्नुभयो । आयोगले द्धन्द बढाउन नभइ पिडितहरुको दिगो रुपमा समास्या समाधान
गर्न भुमिका खेल्ने भन्दै २०५२ फागुन १ देखि ६३ मंसिर ५ गते सम्ममा द्धन्दको समयमा भएका घटनाहरुको सत्य
तथ्य छानबीन गरि यथार्थ बाहिर ल्याउने बताउनुभयो । आयोग गठन भएको १ बर्ष बित्न लाग्दा समेत हाल सम्म
कुनै प्रभाबकारी काम गर्न नसकेको आयोगले द्धन्दको समयमा दुबै पक्षबाट बेपत्ता पारिएका हरुका बारेमा पनि
गहिरो अध्ययन गर्ने सुबेदीले बताउनुभयो ।

okhaldhunga - sajha sabal
उहाँले द्धन्द्धका समयमा भएका गम्भीर प्रकृतीका घटनाका दोषीलाई
कारबाहि र पीडितलाई न्याय दिनका लागि आयोगले निश्पक्ष भएर सिफासीसको काम गर्ने बताउनुभयो । सत्य निरुपण
तथा मेलमिलाप आयोग स्वतन्त्र आयोग भएकाले स्वतन्त्र भएर नै कामगर्न पाउनुपर्ने भन्दै पछिल्लो समय केहि
केहि विषयमा सरकार र अदालतले गरेका निर्णयहरुले आयोगको काममाथी प्रश्न उब्जाएको उहाँको भनाई थियो ।
आयोगले यहि माघ २५ गते तत्कालीन द्धन्द्धका समयमा भएका घाईते तथा पीडितको उपचार गर्न,द्धन्द्ध पीडितले
पाउने छात्रवृत्तीमा हतबन्दि हटाउन लगाएतका विषयमा केहि महत्वपूर्ण सिफारीस सरकारलाई बुझाउने समेत सदस्य
सुवेदीले जानकारी दिनुभयो ।

सदस्य सुबेदी सहित आयोगको
टोलीले ओखलढुगांका द्धन्द प्रभाबित ब्यक्तिहरु, नागरिक समाज, अधिकारबादीहरु, पत्रकार, राजनितिक दल तथा
कार्यलय प्रमखुहरु संग छलफल गरेको हो । छलफलमा सहभागीहरुले पिडितको परिवारमा द्धन्दको घाउ अझै निको
नभएको भन्दै द्धन्दको समयमा मारिएका, बेपत्ता भएका र घरबार बिहिन भएकाका परिवारको रेखदेख गर्ने ब्यबस्था
गर्न आग्रह गरेका थिए ।

okhaldhunga sajhasabal
मृतकका बालबच्चा
अहिले पनि बेसाहारा रहेको भन्दै पढाउने र रोजगारीको ब्यबस्था गरिदिन आग्रह गरेको स्थानिय शान्ति समिति
ओखलढुंगाका संयोजक नेत्रबहादुर नेम्बाङले बताउनुभयो । कार्यक्रममा भएको छलफलले जिल्लाका द्धन्द्ध पिडित
तथा प्रभावितका जिज्ञासा केहि हदसम्म भएपनि समाधान गर्ने प्रयास गरेको स्थानिय शान्ति समिति ओखलढुंगाका
सचिव निलम अधिकारीको भनाई छ ।

ओखलढुंगामा पनि द्धन्द्ध पिडित र
प्रभावितहरुको अवस्था चिन्ताजनक रहेको भन्दै आयोगले त्यो समस्या समाधानमा ध्यान दिनुपर्ने
सरोकारवालाहरुले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द