2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठान उद्योग सँघमा चुनावी रस्साकस्सी

सलिम अन्सारी/असोज ६, प्यूठान । प्यूठानमा उधोगीहरुको नेता छान्नका लागी रस्साकस्सी शुरु भएको छ ।

यहि असोज ११ गते हुन लागेको नवौ अधिबेशनबाट नेता चयन गर्नका लागी प्यूठान उधोग बाणिज्य सँघमा छलफल र बैठकहरु हुन थालेका छन । भने उम्मेदबारहरु आफनो प्रतिबद्दता र चुनावी ऐजेन्डा लिएर ब्यावसायीहरुको घरदैलोमा पुगेका छन । गाउँ बिकास वा जिल्ला बिकासको चुनाव हुदैछ कि प्यूठान उद्योग बाणिज्य सँघको छुटटाउनै धौ धौ परेको छ यतिबेला ।

pyuthan news

प्युठान उधोग बाणिज्य संघ को आसन्न निर्बाचनमा अध्यक्ष् पद्का उमेदवार द्वय बायाँ बालाजु श्रेष्ठ दायाँ ज्ञानुराम न्यौपाने

राजनितिक दलहरुले समेत आफु निकट उम्मेदबारलाइ जिताउन अघोषित रुपमा आफु निकट ब्यावसायीलाइ उर्दी जारी गरेको बताइन्छ। पछिल्लो समय पार्टिगत राजनिती हावी हुँदै गएको सँघको चुनावमा जिल्लाका राजनितिक दलहरु यसपाली पनी मरी मेटेर लागेका छन। राष्टिय जनमोर्चा निकट उद्योगीहरुको पकड रहेको प्यूठान उधोग बाणिज्य सँघमा अहिले एमाले निकट उधोगीको नेतृत्व छ ।

आगामी नेतृत्वका लागी बर्तमान द्दितिय उपाअध्यक्ष ज्ञानुराम न्यौपाने र बरिष्ट उपाअध्यक्ष बालाजु श्रेष्ठको चर्चा चलेको छ। उनीहरु दुवैले आ आफनो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन। कार्यसमितीको बिभिन्न पद हुँदै बरिष्ठ उपाअध्यक्ष बनेका युवा उधोगी श्रेष्ठले आफु ब्यावसायीको जगबाट उठेको भन्दै स्वतह आफु अध्यक्ष भएको दावी गरे ।

अध्यक्षमा इच्छा जाहेर गरेका न्यौपाने राष्टिय जनमोर्चा निकट र युवा ब्यबसायी श्रेष्ठ एमाले निकट उम्मेदबार हुन। न्यौपानेलाइ राष्टिय जनमोर्चा सहित नेपाली काग्रेस र एमाओबादि लगायतका दलको साथ छ । भने श्रेष्ठले एमाले निकट ब्याबसायीलाइ समेटेर एकल ब्यावसायिक प्यानल खडा गरेका छन ।

उनको एकल प्यानलमा बरिष्ठ उपाअध्यक्षमा केदारमान कक्षपती, वाणिज्य उपाअध्यक्ष बद्रीनाथ श्रेष्ठ, उधोग उपाअध्यक्ष कृष्ण रायमाझी,महासचिवमा टिकाराम पुन र कोषाअध्यक्षमा शुभाषचन्द्र भण्डारीलाइ उम्मेदबार बनाइ अगाडि सारेका छन ।

त्यस्तै सँयुक्त प्यानल बनाइ चुनावी मैदानमा उत्रिएका न्यौपानेको प्यानलमा बरिष्ठ उपाअध्यक्ष दुर्गा प्रसाद प्रधान (काग्रेस), वाणिज्य उपाअध्यक्ष नारायण प्रसाद श्रेष्ठ (राजमो), उधोग उपाअध्यक्ष गिर बहादुर गुरुगँ (राजमो),महासचिव विष्णु लवट (एमाओबादी),उपमहासचिव टिका बहादुर जिसि( राजमो) र कोषाअध्यक्षमा काग्रेसबाट रामचन्द्र पौडेल सहितको समिकरण छ ।

सँयुक्त प्यानल बनाइ चुनाबी मैदानमा उत्रिएका उनले ब्याबसायीको बहुमत आफु सँगै रहेकाले जित सुनिश्चित रहेको दाबी गरे। अधिबेशनले आगामी ३ बर्षका लागी नयाँ नेतृत्व चयन गर्ने छ। यसैबिच आसन्न प्यूठान उद्योग बाणिज्य सँघको अधिबेशनको तयारी तिब्र पारिएको अध्यक्ष माधवराज भण्डारीले बताए ।

ब्यावसायीको नेता ब्याबसायीले नै चुन्न पाउनुपर्ने बताउँदै उनले भने” ब्याबसायीको चुनावमा दलिय हस्तक्षेप हुन दिनुहुँदैन।” सक्षम र सवल नेतृत्व चयन गर्न उनले ब्याबसायीलाइ आग्रह समेत गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई