2026-06-17 01:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

नोकरी गरेर घर फर्कदै गरेका युवा बेहोस बनाएर लुटिएपछी

सलिम अन्सारी, असोज १३, प्यूठान । भारतमा मजदुरी गरी कमाएको पैसा लिएर घर फर्कदै गरेका बुद्दिवल चर्तीको यात्रा यसपाली सुखद रहेन। मुग्लानमा पसिना बगाएर कमाएको पैसा लुटियो। पैसा मात्र होइन त्यस सँगै जोडिएको खुसी पनी लुटियो। त्यो पैसाले घरकी बुढी आमा र पत्नीको मुहार हँसाउने सपना देखेका थिए चर्तीले।

lutpat

लामो समय पछी परिवारसँग खुसी साँटन प्यूठान हँसपुर ४ सजिकोट स्थित घर पुग्ने हतारो थियो उनलाइ। मनमनै सोचेका सपना, सपना मै सिमित रहयो। उनले भने दामपैसा त सवै लगे घर परिवारलाइ किनेर ल्याएको लुगा समेत बाँकी राखेन। पावरप्लान्टमा ७ महिना सम्मको कमाइ दुइ दिन पनी गोजीमा अडिन पाएन। साबधानी नअपनाएका होइनन उनले झोलाभित्र पाइन्टको गोजीभित्र लुकाएका थिए पैसा तर लुटेरा गिरोहले दिएको एक घुटकी जुस पिए सँगै उनको पसिनाको कमाइ समेत लुटियो। जव पैसा लुटिएको थाह पाए झोलामा जतन गरी राखेको नोट एउटा पनी बाँकी थिएन।

उनी रन्थनिय साहुलाइ बुझाउनुपर्ने क्रृणको भारी झन ठुलो वनेर आखाँ अगी नाच्न थाले। त्यसकै लागी उनी परिवार छोडेर भारतको गुजरात पुगेका थिए। पैसा त लगे साथमा भएको केहि बाँकी राखेन्न, उनले प्रभावसँगको कुराकानीमा भने,धन्न बाँचेर आए। घरमा श्रीमती बृद्द आमा र भाइबहिनी छन। बुवा पनी गरिवीका कारण धन कमाउन प्रदेश मै नोकरी गरिरहेका छन।

जेठो छोरा हुनुको नाताले सवै जिम्मेबारी उनकै काधँमा छ। दिनभरको बसको यात्रा पछी भारतको लखनउ बसपार्क आइपुगेका उनी लुटेरा गिरोहबाट बिहोस पारेर लुटिएका हुन। कान्पुरको बस स्टेशनबाट नेपालका लागी यात्रा गरिरहेका आफुलाइ भारतीयसँग मिलेर नेपालीले नै लुटपाट गरेको उनले बताए। म र अर्को मधेशी मुलको अधबैशे नेपाली सँगै एउटै सिटमा थियौ। उनले भने कुराकानी चलिरहदा जुस पिउन दिइयो,बिहोस नै पो पारिएछ। उनका अनुसार भारतिय सँग सँगै रहेका उनै नेपालीले रुपन्देहिको सालझन्डि घर बताएका थिए।

जुस दिनेको अनुहार प्रष्ट भए पनी एकछिनको चिनाजानीलाइ बिशवास गर्दा आफु लुटिएको उनको भनाइ छ। २१ बर्षिय चर्तीको २५ हजार भारु सहित १५ हजारको मोवाइल, एसएलसीको सर्टिफिकेट एमआरपी पासपोर्ट नागरिक्ता लुटिएको छ। श्रीमती बिरामी भएको खवर सुनेर अचानक घर फर्किएका उनी अव कहिल्यै भारत नजाने बताउँछन। उनी भन्छन, मलाइ जस्तो आइ कसैलाइ नपरोस। गरिव परिवारका लागी जेनतेन कमाएको यो पैसा धेरै हो। नगद यसरी उनीहरुले गाउँमा कमाउन सक्दैन्न स्थानिय थम्मन साठिघरे बताउँछन।

आफु लुटिएको बारे भारतिय प्रहरीलाइ जानकारी गराउँदा पनी वास्ता नगरेको उनी बताउँछन। अर्धबिहोस अबस्थामा मगँलबार बिहान भारतको बढनी नाका हुँदै कृष्णनगर आएका उनलाइ आफन्तले प्यूठानका लागी बस चदाएका थिए। शरिरका लुगा र रित्तो झोला लिएर नेपालको सिमानामा आइपुगेका उनलाइ आफना जेठानले गाडि भाडाका लागी एक हजार रुपैयाँ दिएर घर पठाएका थिए। गत बर्ष भारतबाट मजदुरी गरी घर फर्कदै गर्दा प्यूठान धर्मावतीका युवाहरुलाइ भारतिय नाका रुपडियामा बिहोस पछी बन्धक बनाइ आपराधिक लुटेरा समुहले लुटेका थिए। बेला बेलामा नेपालीहरु भारतिय सिमा नाकामा लुटिदै आएका छन।

बेहोस बनाइ लुटिएर घर फर्किएका प्यूठान हँसपुरका युवा २१ बर्षिय बुद्दिवल चर्ती तस्विर : सलिम अन्सारी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ