Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

खाडिबाट बेसाहारा बालबालिकालाइ पारसको आर्थिक सहयोग

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

help for children 2

सलिम अन्सारी । असोज १८ , प्यूठान । बिगत एक दशक देखी रोजगारीको शिलशिलामा खाडि मुलुक कतारमा रहेका प्यूठानी युवक बिजुवार ४ निबासी पारस नेपालीले आमावुबा नहुदाँ बिचल्लीमा परेका प्यूठान हँसपुर ८ का ६६ बर्षिय कुन्तीदेवी सुनारको परिवारलाइ आर्थिक सहयोग गरेका छन ।

आमाले दास्रो बिहे र बुवा रमेश सुनार बलात्कारको अभियोगमा जेलमा थुनिएपछी  ६ महिना देखी आफनी ६६ बर्षिय बृद्द वज्यैको सहारामा कष्टकर जिवन बिताउन बाध्यय बालबालिकालाइ युवक नेपालीले आइतबार १० हजार १६ रुपैयाँ रकम बिदेशबाटै न्युज ऐरावती अनलाइनलाइ पठाएका हुन। आमाले दोस्रो बिहे र बावा जेलमा परेपछी सँरक्षणको अभावमा तिन सन्तानको बिचल्ली शिर्षकमा न्युज ऐरावती अनलाइनमा प्रकाशित समाचार पढेपछी सहयोग गर्ने इच्छा जागेको उनले बताए। समाचार पढेपछी दया लाग्यो,उनले भने थोरै भय पनी उनीहरुलाइ राहत मिलोस भनेर सहयोग गरेको हुँ। निर्दोष बालबालिकालाइ सहयोग गर्न पाउँदा खुसी छु। म चाहन्छु उनीहरुले यो पैसा आफनो पढाइ लेखाइमा खर्च गरुन, म चाडै नेपाल फर्कदै छु म आएर उनीहरुलाइ भेटन चाहान्छु नेपालीले न्युज ऐरावतीसँगको कुराकानीमा बताए।

घरमैपुगेरसहयोग हस्तान्तरण

help for children

यसैबिच अभिभाबक बिहिन बालबालिकालाइ सोमबार घर मै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। कतारमा रहेका प्यूठानी युवक पारस नेपालीले पठाएको १० हजार १६ रुपैयाँ न्युज ऐरावती अनलाइनले घर मै पुगेर रकम हस्तान्तरण गरेको हो। उक्त सहयोग रकम हँसपुर गाबिस वडा नम्बर ८ की वडा नागरिक मन्च की सँयोजक देवी कुमारी रेश्मी र अस्थायी प्रहरी पोष्ट बडडाडाँका इन्चार्ज बिष्णु सेजुवालले बिचल्ली बालबालिका की वज्यै ६६ बर्षिय कुन्तीदेवी सुनारलाइ सँयुक्त रुपमा हस्तान्तरण गरेका हुन।

कार्यक्रममा पालुथान बचत तथा ऋण सहकारी सँस्था लिमीटेडका अद्ययक्ष पुर्ख सिँ सुनार, हँसपुर गाबिसकी सामाजिक परिचालक हेमन्ता शर्मा, मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रका हेफर परियोजना सँयोजक वेदराज पाण्डे पत्रकार सलिम अन्सारी लगायत स्थानिय राजनितिक दलका प्रतिनिधि समाजसेवी र स्थानियको सहभागिता रहेको थियो। सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सँयोजक बेदराज पाण्डेले बिदेशबाट पनी सहयोग उपलब्ध गराएर नेपालीले पुर्णय कमाएको भन्दै धन्याबाद दिए।

समाज परिवर्तनका लागी मोफसलबाट न्युज ऐरावती अनलाइनल खेलेको भुमीकाको प्रशँसा गर्दै आगामी दिनमा पनी सामाजिक बिकासको सवालमा कलम चलाउन पत्रकारलाइ आग्रह समेत गरे।