2026-07-24 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

शिक्षक खेताला विद्यालय जेबाला को अवस्था शिर्जना नगर्न सहभागिको आग्रह

दलसिंह गिरी/ माघ १, कालिकोट । जिल्लामा विभिन्न विद्यालयहरुमा निर्माण हुने
भौतिक संरचनाहरु शिक्षक खेताला भने झै विद्यालय जेबाला भन्ने अवस्था शिर्जना नगर्न एक कार्यक्रमका
सहभागिले सरोकारवालाहरुलाई अनुरोध गरेका छन् । २०७२ बैशाख १२ गते र २५ गते नेपालमा गएको विनासकारी
भुकम्पले शिक्षा लगायत अन्य क्षेत्रमा पारेको असरलाई न्यूनिकरण गर्न नेपाल सरकारले ल्याएको भौतिक
संरचनात्मक योजनाहरु जेबालाको रुपमा निर्माण नगर्न/नगराउन सरोकारवाला निकायलाई अनुरोध गरेका हुन्

जिल्ला शिक्षा कार्यालय कालिकोटको समन्वय, सेभद चिल्ड्ेन र
किर्डाक नेपाल कालिकोटको साझेदारीमा संचालित विद्यालय विपद जोखिम न्यूनिकरण परियोजना अन्तर्गत जिल्लामा
विपद जोखिमको अवस्था र आगामी कार्य योजनाबारे छलफल गर्न आयोजित कार्यक्रममा उपस्थित सहभागिहरुले शिक्षा
क्षेत्रमा नीति तथा योजनाहरु निर्माण गर्दा जोखिम न्यूनिकरण तथा उत्थानशिल नीति तथा योजनाहरु निर्माण
गर्न पर्ने बताएका छन् ।

kalikot

किर्डाक नेपाल कालिकोटका संयोजक तुलाराम पाण्डेले
प्रस्तुत गर्नु भएको डीपेको आठ बृहत्तर बाल केन्द्रीत विपद जोखिम न्युनीकरण परियोजनाको उद्देश्य र
कार्यक्रम संचालित विद्यालयहरुको अवस्थाबारे छलफल गर्दै सहभागिहरुले विपद जोखिम न्यूनिकरणका लागि साना
बालबालिका देखि अभिभावकहरु र सरोकारवाला निकाय सम्म सचेतिकरण अभियान लाई प्राथमिकता करण गर्नुपर्ने
बताएका छन् ।

परियोजना संचालित ५ वटा गाविसका १० वटा विद्यालयका ब्यवस्थापन समिति,
विद्यालयका प्राधाध्यापक, जिल्लामा कृयाशिल विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि,
संचारकर्मी लगायत सरोकारवालाहरुको उपस्थितिमा संचालित कार्यक्रममा विद्यालयमा आधारित विपद् जोखिम
ब्यवस्थापनको माध्यमबाट समुदाय, विद्यालय तथा सम्बन्धित सरोकारवालाहरुमा विपद, उत्थानशीलता बृद्धि
गर्ने, बालकेन्द्रित विपद् जोखिम ब्यवस्थापनको माध्यमबाट विद्यालय सुरक्षालाई प्रवद्र्धन गर्ने, शिक्षा
क्षेत्रमा विपद् जोखिम ब्यवस्थापन कार्यक्रमको मूलप्रवाहीकरणका लागि साझा अवधारणा विकास गर्ने, जस्ता
विभिन्न उद्देश्यले परियोजना संचालन गरिएको किर्डाक नेपाल कालिकोटका संयोजक पाण्डेले बताउनु भयो

हाल जिल्लाका ५ वटा गाविस लालु, माल्कोट, रुप्सा, रकु र मेहलमुडीका १० वटा विद्यालयमा
कार्यक्रम संचालन गरिएको र १५ डिसेम्वर २०१५ देखि नोभेम्बर २०१६ सम्म परियोजना संचालन हुने र यसको कुल
लागत ४२ लाख ५४ हजार २ सय ४० बजेट रहेको पाण्डेले बताउनु भयो ।

नेपालमा यो बर्ष भएको विनासकारी भुकम्पले नेपालभर ३२ लाख बालबालिका प्रभावित भएका छन् भने २
हजार ७ सय ३७ जना बालबालिकाको मृत्यु भएको छ । ३५ हजार भन्दा बढी कक्षाकोठाहरु पूर्ण रुपमा क्षेति भएका
छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक