2026-07-25 03:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

बिदेशबाट घर फर्कनेहरु एचआइभी एडसको उच्च जोखिममा

सलिम अन्सारी, मसिर २४, प्यूठान / बैदेशिक रोजगारबाट फर्कनेहरुमा बढि एचआइभीे सक्रमण हुने गरेको पाइएको छ। बिदेशमा रहँदा असुरक्षित यौन सम्पर्कले अधिकाशँ बैदेशिक रोजगारबाट घर फर्किएका र तीनको घरमा रहेका महिलामा बढि एडसको सक्रमण देखा परेको एचआइभी सँक्रमितका लागी प्यूठानमा काम गरिरहेका सँघसँस्थाले जानकारी दियका छन।

प्यूठानमा १ सय ३९ जना एचआइभी सक्रमीत रहेकोमा ५० प्रतिशतभन्दा बढि बिदेशमा काम गरी घर फर्किएकामा रहेको जिल्ला स्वास्थय कार्यालय प्यूठानका सिनियर अहेव तथा एचआइभी फोकल पर्सन दल बहादुर केसीले जानकारी दिए। केसीका अनुसार सवैभन्दा बढि सक्रमित रोजगारीका लागी भारत पुगेर फर्केका छन। भारतका बिभिन्न शहरहरुमा लामो समय रोजगारीका लागी बस्ने बिपन्न बर्गका व्याकिहरुले त्यहाँका वेश्यालयहरुमा असुरक्षित तरिकाले यौन सम्पर्क राख्दा बढि एचआइभी एडसको सक्रमणमा परेको पाइएको उनले जानकारी दिए।

तिनै बिदेश वसेर आयकाहरुले आफना श्रीमतीलाइ सारेका घटना पनी जिल्लामा रहेको केसीको भनाइ छ। प्यूठानमा मात्र एचआइभी सँक्रमितमा पुरुष ५९ जना महिला ५४ जना छन। कुल १ सय ३९ सक्रमित मध्य ४ जना बालबालिका र २६ जनाको लिगँ पहिचान हुन सकेको छैन। प्यूठानको तथ्याकँ हेर्ने हो भने महिला भन्दा पुरुषको सँख्या केहि बढि छ। सक्रमित मध्यय अहिल सम्म १६ जनाको ज्यान गइसकेको छ। यहाँ १९ देखी ३६ बर्ष सम्मका ब्याकिहरु एचआइभी एडसवाट वढी प्रभावित भयको पाइएको फोकल पर्सन केसीले वताए।

जिल्लाका ३४ गाविसमा एचआइभीको सक्रमण देखा परेको छ। एचआइभि एडसवाट सवैभन्दा बढि रस्पुरकोट गाविस र त्यसपछी प्यूठान नगरपालिका,नयाँगाउ बिजुवार वरौला धर्मावती बढि प्रभावित भयको जिल्ला स्वास्थय कार्यालय प्यूठानले जानकारी दियको छ। सक्रमित मध्य ४१ जनाले एन्टिरेक्ट्रो भाइरल एआरटि औषधी जिल्ला अस्पतालबाटै सेवन गर्दै आयका छन।

सक्रमीतहरुले छिमेकी जिल्ला दागँ र नेपालगन्जबाटै सिडिफो काउन्ट सेवा लिदै आयको भयपनी मेसिन बिग्रीएका कारण लामो समय देखी पाल्पा जानुपर्ने बाध्यताका कारण समस्या भयको सक्रमितहरुको गुनासो छ। प्यूठानमा एड्सका बारेमा जानकारी र जनचेतनाको कमीका कारण बाहिर खुल्न नसकेको सरोकारवालाको भनाइ छ। जिल्लामा एचआइभी एड्स बारे जनचेतना अभिबृद्दि गर्न जिल्लाका १८ गाविसमा गाउँ एड्स समन्वय समिती गठन गरी अभियान सन्चालन गरिएको र अन्य गाविसमा पनी अभियान सन्चालन गर्दै लगिने जिल्ला स्वास्थय कार्यालय प्यूठानले बताएको छ।

जिल्लामा अहिले जिल्ला स्वास्थय कार्यालय, नेपाल रेडक्रस सोसाइटि, किडस नेपाल, मेरी स्टोप सेन्टर, प्यूठान प्लस,मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्र प्यूठान लगायतका सरकारी तथा गैह्रसरकारी सँस्था एचआइभी एडसको क्षेत्रमा क्रियाशिल छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल