१५ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

बिदेशबाट घर फर्कनेहरु एचआइभी एडसको उच्च जोखिममा

२४ मंसिर २०७२, बिहीबार ०६:१३

सलिम अन्सारी, मसिर २४, प्यूठान / बैदेशिक रोजगारबाट फर्कनेहरुमा बढि एचआइभीे सक्रमण हुने गरेको पाइएको छ। बिदेशमा रहँदा असुरक्षित यौन सम्पर्कले अधिकाशँ बैदेशिक रोजगारबाट घर फर्किएका र तीनको घरमा रहेका महिलामा बढि एडसको सक्रमण देखा परेको एचआइभी सँक्रमितका लागी प्यूठानमा काम गरिरहेका सँघसँस्थाले जानकारी दियका छन।

प्यूठानमा १ सय ३९ जना एचआइभी सक्रमीत रहेकोमा ५० प्रतिशतभन्दा बढि बिदेशमा काम गरी घर फर्किएकामा रहेको जिल्ला स्वास्थय कार्यालय प्यूठानका सिनियर अहेव तथा एचआइभी फोकल पर्सन दल बहादुर केसीले जानकारी दिए। केसीका अनुसार सवैभन्दा बढि सक्रमित रोजगारीका लागी भारत पुगेर फर्केका छन। भारतका बिभिन्न शहरहरुमा लामो समय रोजगारीका लागी बस्ने बिपन्न बर्गका व्याकिहरुले त्यहाँका वेश्यालयहरुमा असुरक्षित तरिकाले यौन सम्पर्क राख्दा बढि एचआइभी एडसको सक्रमणमा परेको पाइएको उनले जानकारी दिए।

तिनै बिदेश वसेर आयकाहरुले आफना श्रीमतीलाइ सारेका घटना पनी जिल्लामा रहेको केसीको भनाइ छ। प्यूठानमा मात्र एचआइभी सँक्रमितमा पुरुष ५९ जना महिला ५४ जना छन। कुल १ सय ३९ सक्रमित मध्य ४ जना बालबालिका र २६ जनाको लिगँ पहिचान हुन सकेको छैन। प्यूठानको तथ्याकँ हेर्ने हो भने महिला भन्दा पुरुषको सँख्या केहि बढि छ। सक्रमित मध्यय अहिल सम्म १६ जनाको ज्यान गइसकेको छ। यहाँ १९ देखी ३६ बर्ष सम्मका ब्याकिहरु एचआइभी एडसवाट वढी प्रभावित भयको पाइएको फोकल पर्सन केसीले वताए।

जिल्लाका ३४ गाविसमा एचआइभीको सक्रमण देखा परेको छ। एचआइभि एडसवाट सवैभन्दा बढि रस्पुरकोट गाविस र त्यसपछी प्यूठान नगरपालिका,नयाँगाउ बिजुवार वरौला धर्मावती बढि प्रभावित भयको जिल्ला स्वास्थय कार्यालय प्यूठानले जानकारी दियको छ। सक्रमित मध्य ४१ जनाले एन्टिरेक्ट्रो भाइरल एआरटि औषधी जिल्ला अस्पतालबाटै सेवन गर्दै आयका छन।

सक्रमीतहरुले छिमेकी जिल्ला दागँ र नेपालगन्जबाटै सिडिफो काउन्ट सेवा लिदै आयको भयपनी मेसिन बिग्रीएका कारण लामो समय देखी पाल्पा जानुपर्ने बाध्यताका कारण समस्या भयको सक्रमितहरुको गुनासो छ। प्यूठानमा एड्सका बारेमा जानकारी र जनचेतनाको कमीका कारण बाहिर खुल्न नसकेको सरोकारवालाको भनाइ छ। जिल्लामा एचआइभी एड्स बारे जनचेतना अभिबृद्दि गर्न जिल्लाका १८ गाविसमा गाउँ एड्स समन्वय समिती गठन गरी अभियान सन्चालन गरिएको र अन्य गाविसमा पनी अभियान सन्चालन गर्दै लगिने जिल्ला स्वास्थय कार्यालय प्यूठानले बताएको छ।

जिल्लामा अहिले जिल्ला स्वास्थय कार्यालय, नेपाल रेडक्रस सोसाइटि, किडस नेपाल, मेरी स्टोप सेन्टर, प्यूठान प्लस,मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्र प्यूठान लगायतका सरकारी तथा गैह्रसरकारी सँस्था एचआइभी एडसको क्षेत्रमा क्रियाशिल छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता तिलामा सञ्चालित स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी लाभान्वित भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन दुई विधेयक प्रमाणीकरण नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट इँटा भट्टा छेउको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु सोक्लामा चट्टान आरोहण महोत्सव हुने भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने सुस्ता झोलुङ्गे पुल जोखिममा साहित्यकार राईको ‘जार’ कथामा आधारित चलचित्र सार्वजनिक हुँदै सहकारी संस्थाबाट पीडित व्यक्तिहरूले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरे प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना शिक्षकका माग तत्काल सम्बोधन नगरे ठुलो जनआन्दोलन हुने झलनाथ खनालको चेतावनी भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र