2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

शिवरात्री गुथिलाई ‘भाजुवीर सिरपा’

असोज २३, भक्तपुर | टेखाच्व टोलस्थित पुलांसः शिवरात्री गुथिले रु ५० हजार राशिको पुरस्कारसहित यसवर्षको ‘भाजुवीर सिरपा’ जितेको छ । 

काठमाडौँ उपत्यकामा लोपोन्मुख बाजा जोगाउने उद्देश्यले भाजुवीर सिरपा उपसमितिले आयोजना गरेको सो प्रतियोगिता गुथिको तर्फबाट कलाकार लक्ष्मीप्रसाद मानन्धरले मौलिक तथा लोपोन्मुख बाजा अर्थात ‘पच्छिमा’ बजाएर प्रतियोगिता जितेका हुन् । प्रतियोगितामा रु ३० हजारसहित थिमिको सिवाः सायमि खलः दोस्रो तथा रु २० हजारसहित भक्तपुरकै साःकोलान शिवरात्री गुथि तेस्रो भए । खलःका तर्फबाट कलाकार नजरमान मानन्धर र गुथिका तर्फबाट विष्णुबहादुर मानन्धरले बाजा बजाउनुभएको थियो । 

पूर्वसांसद तथा पुरस्कारका दाता लक्ष्मीदास मानन्धरले पच्छिमा, नगरा, डबडब, कोंचाखि, धाःबाजा, खिं बाजा, ताः, ख्वालीमाली, म्वाय्ली, बाँसुरी तथा अन्य मौलिक बाजा संरक्षण गर्न २०४३ सालदेखि आफ्नो बाजेको सम्झनामा अक्षयकोष स्थापना गरी वर्सेनी सो प्रतियोगिता आयोजना गर्दै आउनुभएको छ । उक्त प्रतियोगितामा काठमाडौँका चस्वाँद्व मानन्धर सनागू खलः, पाक्व पुखुद्याः मानन्धर सनाः खलः, थँहिटी मानन्धर गुथि, साँखुको सक्व मानन्धर गुथि, भक्तपुरको पुलांसः शिवरात्री गुथि, तापालाछी, साःकोलान शिवरात्री गुथि, बनेपाको वाङख्यो दाफा भजन खलः, मध्यपुरको थिमि मानन्धर सङ्घ, सिवाः साय्मि खलः लगायत १० टोलीको सहभागिता रहेको थियो । 

शहीद प्रतिष्ठानमा श्रेष्ठ 

शहीद बैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानको पाँचौ साधारणसभाले श्यामकृष्ण श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । चार वर्षको लागि चयन गरीको सो प्रतिष्ठानको उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, सचिवमा कृष्णमोहन जोशी, कोषाध्यक्षमा दामोदर श्रेष्ठ तथा सदस्यमा हरिबहादुर श्रेष्ठ, जगतबहादुर श्रेष्ठ, चण्डिका श्रेष्ठ, लक्ष्मीशोभा श्रेष्ठ र श्यामलक्ष्मी श्रेष्ठलाई चयन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई