पढ्न करिब 3 मिनेट लाग्छ

प्रेम सुनार । असोज २४, बुटवल । गुल्मी ईस्माका चिन्तबहादुर दर्जि त्यस भेगमा कहलाएका लुगा सिलाउने सिपालु ब्यक्ति हुन । बिबाह देखि चाड पर्वहरुमा उनको पसलमा कोट पाईन्ट देखि हरेक कपडा सिलाउनेहरुको भिड बढे कै हुन्छ । ब्यस्तताका बावजुद पनि यसपालीको दशैमा उनले छोरालाई छाँटिलो कोट पाईन्ट र छोरीहरुलाई पनि त्यस्तै भलाद्मी कपडा सिलाई दिन चाहन्छन ।

तर उनैका छोरा छोरा छोरीलाई बाबुले सिलाएको कपडा लगाउने मन छैन । उनिहरुको रहर उनै रेडिमेड कपडामा छ । उनिहरुले मोवाईल मार्फत आफुहरुलाई रहर लागेका ति रेडिमेड कपडाहरुको फोटाहरु देखाउँदै बाबुलाई किनी दिन कर लगाई रहेका छन ।

तस्वीरः दशैमा नयाँ कपडाः यस्तो ब्याङ्ग गर्दै फेशबुकमा पोष्ट गरिएको एक तस्वीर

उनिहरुले देखाउने ती कपडाहरु हेरे पछि चिन्ताबहादुर उनिहरु संग रिसले आगो हुँदै भन्छन–‘ हैन , कस्तो बुद्धि भुटिएको हो तिमीहरुको ? दशैंमा त नयाँ कपडा लगाउने होला क्यारे , यस्ता दश ठाउँ फाटेका पनि कहिँ लगाउँछन ? म त यस्ता कपडा एक किन्दिँन दुई किन्दिँन, गए जाउ रामरमितामा नगए नजाउ ।’उनका छोरा छोरी पनि के कम ? छोरा छोरीहरु एकै मुख लगाएर बाबुलाई भन्छन–‘ कहिल्लै शहर बजारको मुख देखेको भए पो थाह हुन्थ्यो कि अहिले कस्तो फेशन आ’को छ र छोरा छोरीलाई त्यही अनुसारको किनी दिनु पर्छ भन्ने थाह हुन्थ्यो क्यारे । किन्ने भए किनी दिने नत्र गाग्री ताउँलो टिपेर आफैले किन्न नपरोस् । ’

पछिल्लो चरण दश ठाउँ प्वाल परेका पाईन्टहरु किनेर लगाउन खोज्ने नयाँ पुस्ता र पुराना पुस्ता बिच अन्य घरमा पनि झगडा चल्ने गरेको छ । घरमा झगडा मात्र होईन , सामाजिक सञ्जालमा पुरानो पुस्ताले ब्याङ्ग समेत गर्ने गरेका छन । सामाजिक सञ्जालमा एक जना लेख्छन –‘ प्वाल परेको पाईन्ट लगाउँदा किरा फट्याङ्ग्रा पस्ने हुन कि ? जुकाहरुहरुको आजकल बिगबिगी छ , कतै जुकाहरु समेत लुत्त छिरेर रक्ताम्मे पार्ने हुन कि ? चिसो याममा चिसो पसेर थरधरी कपाउने र गर्मीमा घामले पोलेर असिना पसिना पो पार्ने हो कि …? ’नयाँ पुस्ताले भने यस्तो ब्याङ्गकारलाई ढुङ्गे युगक हजुर बुवा, हजुर आमाहरुको सज्ञा दिदै आएका छन । शहरका सिलाई ब्यवसायीहरु भने विगत केहि बर्ष यता युवा पुस्ता समेत कोट पाईन्ट र दौरा सुरुवाल लगायतका भलाद्मी कपडा लगाउनमा बढि आकर्षित हुने गरेको बताउँ छन ।

बुटवलमा युवा पत्रकार तिलक महत भन्छन –‘ असोज २६ गते मलाई विवाहमा जन्त जाने निम्तो छ । त्यसैले म दौरा सुरुवाल सिलाउन अर्डर गरेको छु । त्यही दौरा सुरुवाल दशैमा पनि लगाएर कोट मन्दिरको रामरमितामा जाने रहर जागेको छ । ’

बुटवल नेपालगञ्ज रोड स्थित श्रेष्ठ टेलरिङ्गका सञ्चालक जीवन परियार भन्छन –‘ रेडिमेड कपडा रुचाउने युवाहरुको एउटा सानो पंक्ति मात्रै छ । अन्य धेरै युवाहरु कोट पाईन्ट र दौरा सुरुवालमा बढि आकर्षित हुँदै आएका छन । म लगायत थुप्रै सिलाई कटाई ब्यबसायीहरुलाई तिज देखि यता कपडा सिलाउनको भ्याई नभ्याईमा छौं ।’

तर ग्रामिण भेगमा सिलाई ब्यावसायीहरु केहि बर्ष यता कतिपय त्यस पेशाबाट पलायन भई सकेका छन भने बुढा पाकाहरु फाटेका कपडा र भुल्ला तुन्ने काममा मात्रै सिमित भएका छन । शहरमा यति बेला काँचो कपडा किन्ने पसलमा सुनसान देखिन्छ भने फेन्सी पसलमा भिडभाड बढेको छ ।