2026-09-18 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

पर्यटकको पर्खाइमा प्युठानको किमिचौर दह

kimichaur daha Pyuthan

सलिम अन्सारी । पुस २६, प्युठान । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको प्युठानको किमिचौर दह प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । ऐतिहासिक क्षेत्रमा राज्यको आँखा नपुग्नु र स्थानियस्तरमा पनि जनचासोको कमिले गर्दा दहको प्रचारप्रसार हुन नसकेको हो ।

जिल्लाको भालुबाङ प्युठान सड्कखण्ड अन्तर्गत थकलेनी देखि पैदल ३ घण्टा र घोराही देबिस्थान सडकको लोहारपानी देखि पनि ३ घण्टा पैदल हिडेपछी यहाँ पुग्न सकिन्छ । तिराम ७ मा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपुर्ण किमिचौर दहको प्रचार प्रसार गर्न सकिए आन्तरिक तथा बाह्र्य पर्यटकको आगमन हुने स्थानिय बासिन्दाहरु बताउँछ्न । वरिपरि सल्लेरिघारीको बिचमा अबस्थित यस दहमा प्रत्यक बर्षको पुस मसान्त र माघेसक्रान्तिको दिन विशेष मेला लाग्ने गर्छ । यस बाहेक अरु बेला पनि जिल्लाबासी मनोरन्जनका लागि बनभोजका लागि समेत यहाँ जाने गर्छन् । पुस मसान्तको दिन यहाँ रातभर स्थानिय संस्कृती झल्कने गित नृत्य सहित मेला लाग्ने गर्छ । यस्तै त्यस्को भोलिखेर माघेसक्रान्तिको दिन परम्परा अनुसार दहमा पुजा गर्ने चलन छ।यहाँ भाकल गरेर पुजापाठ गरे मनले चिताएको पुग्ने,वर मागे अनुसार फल प्राप्ती हुने धार्मिक बिश्वास रहेको स्थानिय डोर बहादुर पुनले बताए।

दहमा पुजा गर्न प्युठान लगायत छिमेकी जिल्ला दाङ, कपिलबस्तु,गुल्मी,रोल्पा,अर्घाखाँची सल्यान जिल्लाबाट तिर्थालु भक्तजनहरु आउने गर्छन। अनौठो बिशेषता बोकेको यो दह धमिलो भएमा पानी पर्ने र दह सफा भएमा पानी बन्द हुने गरेको स्थानिय जित बहादुर राहुँले बताए । उनी भन्छ्न,’बराहको शक्तिले यो ठाउँमा पुजाआजा गरेमा कुनै रोगब्याथी समेत लाग्दैन।’ यो दह दाङको बार्हकुने दहबाट छुट्टिएर आएर तिनकुने दह भएको किबँदन्ती छ । सरोकारवाला निकायले यसको बारेमा चासो देखाउनुपर्ने स्थानियको भनाइ छ । दहको संरक्षणका लागि केही समय अघि स्थानिय दोर्ण बिकको नेतृत्वमा दह ब्यबस्थापन समिती समेत गठन गरिएको छ ।

यसैगरि थकलेनिबाट यो दहमा जाने बाटोमा पर्ने सोलिघोप्टे भन्ने स्थानको ठूलो पहरोमा ढुङ्गाको शिवलिङ्ग सर्प भ्यागुता र मान्छेका आकार कुँदिएका चित्र समेत देख्न सकिन्छ । यस दहदेखि माथी अग्लो श्रमैरानी लेक अबस्थित छ । भुरेटाकुरे राजाको पालामा यस लेकमा बैशाख पुर्णिमाको अबसरमा भव्य मेला लाग्ने गर्द्छ।यो लेकमा भ्यु टावर बनाउन सके नेपालका विभिन्न उच्च हिमशृङ्खला तथा बेशी फांट्मा रहेका तराइ र भारतको गोरखपुर गोडां लगायतका दर्जनौ ठाउँ देख्न सकिने स्थानियहरु बताउँछ्न् ।

kimi chaur daha Parbat

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई