2026-09-01 04:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी प्रशासनद्धारा एक ट्रक अखाद्य पदार्थ बरामद

प्रेम सुनार | असोज २४, बुटवल । गुल्मी जिल्ला प्रशासन कार्यालयले जिल्ला  १ सय ६९ किराना पसलहरु छापा मारी झण्डै एक ट्रक अखाद्य बस्तु बरामद गरी बुधवार नष्ट गरेको छ । रिडी, बलेक्सार, श्रृंगा, लुम्छा, बिरवास, गौडाकोट देखि सदरमुकाम तम्घाससम्म गत दिन दिनको अन्तरालमा छापा मार्ने क्रममा ३ लाख ५० हजार मुल्य बराबरको एक ट्रक अखाद्य वस्तु वरामद गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले जानकारी दिए ।

जनप्रतिनिधी ,  नागरिक समाज , गुल्मी उद्योग बाणिज्य संघ , सुरक्षा निकाय अन्य कार्यालय प्रमुखहरुको रोहवरमा पत्रकार सम्मेलन गरी पौड्यालले लामो समय देखि प्रशासनको उपस्थिती नदेखिएको मौका छोपी बजारमा डेट स्पायर अखाद्य  वस्तु बेच विखन भई रहेको सुराकीका आधरमा केन्द्रबाट विज्ञहरु बोलाई छापा मारिएको बताए ।

कतिपय पसलहरुले बिल  प्रयोग नगर्ने गरेको, पसल दर्ता नगरी चलाएको, पसल सञ्चालनको निम्नतम मापदण्ड पालना नगरेको लगायतका ५० वटा पसलहरुलाई स्पष्टिकरणका लागि पत्र पठाईएको समेत उनले जानकारी दिए । अखाद्य   वस्तु  मध्ये सबै भन्दा बढि पेय पदार्थ रहेको छ । अन्य अखद्य पदार्थमा तेल , दाल ,  बिष्कुट , गुड्खा लगायत रहेका छन ।

चरम मनपरी बलेटक्सारमा

प्रशासनले बलेटक्सारको  कपिल स्र्टोसले सबै भन्दा बढि कम्जोरी गर्दै आएको जनाएको छ ।  कपिल श्रेष्ठले सञ्चालन गरेको उक्त स्टोरमा ठुलो परिणाममा  डेट स्पायर पेय पदार्ध बिक्रि वितरण भई रहेको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए ।

एक दिन अघि मात्र एक लाख मुल्य बराबरको  अखाद्य पेय पदार्थ उनले बेच बिखन गरेर  अन्य खुद्रा पसले र उपभोक्तालाई ठगेको पाईयो उनले भने अहिले पनि १२ सय भन्दा बढि बोत्तलमा रहेका पेय पदार्थहरु अखाद्य छन र हामीले निगरानीमा लिएका छौं ।

उनले यो सुरुवात मात्रै भएको र आगमी दिनमा अनुमनलाई  थप तिब्रता दिई आन्दोलनका रुपमा अगाडी बढिने बताए । उनले कार्यभार सम्हाले लगत्तै जिल्लामा बर्षऔ अघि देखि अवैध रुपमा सञ्चालनमा आएका चार वटा क्लिनीकहरु बन्द गराई दिएका छन ।

औषधी बेच्नका लागि  फर्मेसी र मेडिकल सञ्चालन गर्दै आएका ति व्यवसायीहरुले डाक्टर राखेर क्लिनिक समेत सञ्चालन गर्दै आई रहेका थिए । त्यस्तै हरेक शनिवारका दिन बिशेषज्ञ डाक्टर आउने भन्दै सोझा साझीबाट व्रम्हालुट गरिदै आएको कमाउ धन्दामा पनि उनले रोक लगाएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो