2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

माघेसक्रान्ती मेलामा लोकगायक बद्रीले यसरी रुवाए…

badri pangeni

सलिम अन्सारी । माघ १, प्युठान । प्युठान नगरपालिका ११ सालघारी भलापाटामा आयोजित माघेसक्रान्ती मेलामा आएका लोक दोहरी गायक बद्री पंगेनीले स्टेजमा उक्लिएसँगै पररर ताली बज्यो । बिदेश गएको छोरा बनेर परदेशी छोराका आमालाई धुरुधुरु रुवाईदिएका छन् । गित मार्फत उनले भनेका थिए ‘आमा बिदा पाउंदिन, अहिलेको साल पनि आमा घर आउंदिन ।’

शुक्रवार बद्रीले गीत गाउन शुरु गरे लगतै मेला हेर्न आएका थुप्रै आमा रुन थालेका थिए । धेरैले आफ्नो मोबाइल र क्यामेराले फोटो तथा भिडियो खिच्न थाले। आमालाई भुलाउन स्टेजबाट तल झरेका बद्रीले पनि आफूलाई थाम्न सकेनन् । माइकको छेल पारी आफ्नो आँखाको आसु पुछे । कार्यक्रम चलिरहंदा विदेशमा रहेका छोराले घरको सम्झना गरिरहेको भन्दै बद्रीले गित मार्फत व्यक्त गरेपछि प्रवासमा रहेका छोरा सम्झेर आमाहरु धुरुधुरु रोएका हुन ।

आंफुले गाएको गीतमा रोएका आमाहरुलाई सम्झाउंदै बद्रीले मन्चबाटै युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था सुनिश्चित हुनुपर्ने बताएका थिए ।‘कसैका छोराछोरी पनि विदेश जान नपरोस्, नेपालमै आमाबाबुसँगै बस्ने पाइयोस् ।’ बद्रीले, ‘कोही पनि नेपालीले पेट पाल्न विदेशी भूमिमा गएर रगत पसिना बगाउन नपरोस् ।’ मञ्च प्रवेशसंगै दर्शक रुवाएका पंगेनीले एकैछिनमा दर्शकलाई छमछमी नचाएका थिए ।

‘रातो पछ्यौरी अनि तातो पछौरि,’ बोलको गित शुरु गर्नासाथ मेलाको रुपरङै फेरियो दर्शकहरु फेरि ताते। हजारौ दर्शकहरुलाइ जनताका गायक भनेर चिनिने कलाकार पङ्गेनिले ‘अझै नि लोकतन्त्र आको छैन है’, ‘खान्न म त पिँडालु कोक्कायो ’ जस्ता लोकप्रिय गीत गाएर उनले दर्शकलाई मात्र होइन मन्चमा बसेका सबै अतिथिलाइ समेत नचाए । आफै समेत नाच्दै निस्किएका उनलाई मेला हेर्न आएका युवा, बृद्ध र बालबालिकाले समेत नाचेर साथ दिएका थिए । मन्चबाट गाउँदै र नाच्दै दर्शक दिर्घा नजिक पुग्दा प्रहरिलाइ भिड नियन्त्रण गर्न हम्मे-हम्मे परेको थियो। मेलामा मंगलवार नै हांस्यकलाकार द्धय युवराज जिसि सुजन न्यौपाने लोक गायक भरत गुरुङ, राजकुमार टराली त्यस्तै नृत्यकार शोभा सामत, अन्जलि अधिकारी, रेखा अर्याल लगायतले उपस्थित दर्शकलाइ भरपुर मनोरन्जन दिएर तताए । कार्यक्रम गायक तथा संगितकार राज कुमार टरालिको एकल आयोजनामा सम्पन्न भएको हो।

news parbat

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई