पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज २६, पर्सा |</b> पटेर्वासुगौली गाउँपालिकका–१ बाट प्रहरीले ६० किलोग्राम गाँजाको धुलो र २० किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ । <br></p><p>मकवानपुरबाट ल्याई पर्सा भित्र्याउन लागेको अवस्थामा मकवानपुर मनहरी गाउँपालिका–४ का वीरबहादुर मोक्तान र मकवानपुरकै पलासे गाउँपालिका–३ का सूर्यबहादुर स्याङतानलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । मोक्तान र स्याङतानलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । </p>

