2026-07-25 12:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

साउदिबाट डेढ महिना सम्म पनि शव आएन

saudi 1लिम अन्सारी/ माघ ११, प्युठान । धन कमाउन खाडी मुलुक पुगेका २७ बर्षका प्रकाश घर्ती मगरको जिउदो शरीर अब कहिल्यै घर फर्कने छैन। डेढ महिना अघि साउदी अरबमा कोठामा सुतिरहेकै बखत मृत्यु भएपछी उनको मृत शरीर समेत घर आइपुगेको छैन।

प्युठानको बेलबास १ टिमिले गाउका प्रकाश रोजगारका लागि १९ महिना अगाडि साउदी अरब पुगेका हुन । मृत्युको खबरले पीडा दिएको परिवारमा शब नआउदा थप पीडा थपिदिएको छ । ू मृत्युको खबर आयो शब आएन, मृत्यु भएको डेढ महिना बितिसक्यो।ू मृतकका बुवा कुलमान घर्ती मगरले भने,ू विभिन्न निकायमा धाइसके तर शब अझै आएन।ू

शब झिकाउनका लागि सहयोग गर्न भन्दै घर्तिले रोजगारिमा पठाउने मेनपावर कम्पनिमा पुगेको तर चासो नदिएको गुनासो गरे।चिठी लेखेर पठाएका छौ अब चाडो आइहाल्छ भनेर टार्छन। घर्तिले भने मृत्यु भए लगत्तै धाउदा पनि अहिले सम्म शब ल्याउन सकिएन। पत्नि र बाबुआमा भने प्रकाशको मृत्युको खबरले दैनिक जस्तो मुर्छा पर्ने गरेका छन। जिबित नदेखे पनि मरेको अनुहार देख्न पनि मुस्किल पर्यो।मृतकका बुवा भन्छ्न।

मृत्युको खबर पाउने बित्तिकै शब ल्याउन पहल सुरु गरि साउदिमा रहेको दुतावासमा समेत पत्राचार गरिसकेको समेत उनले जानकारी दिए।छोराको श्रम सम्झौता बिमा लगायतका सबै प्रक्रीया पुगेको भए पनि सरकारी तवरबाट उपयुक्त कदम नचाल्दा समस्या भएको उनले बताए।शब न आउँदा घरको काजक्रीया गर्न समेत समस्या हुनुका साथै घरपरिवारमा समेत रुवाबासी चलिरहेको छ। दिनभरको नियमित काम सकेर कोठामा पुगेका प्रकाशको हट्टट्याकका कारण ज्यान गएको हो।

काठमान्डौको अक्सफोर्ड इन्टरनेशनल कम्पनी मार्फत रोजगारीका लागि साउदी पुगेका उनले अलमजाइ अलअरबी नामक अस्पतालमा क्लिनरको काम गर्दै आएका थिए।आर्थिक अबस्था कमजोर रहेको उनको परिवार अहिले शोकमा डुबेको छ।

saudi

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक