Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

असहायहरुलाई हेर्ने कोही छैन: मन्त्री बराल

By kit

प्रेम सुनार | असोज–२६, बुटवल । ‘हाम्रो सामाजिक बिकास मन्त्रालयले शैक्षिक क्षेत्रलाई पनि हेर्छ । बिद्यालयका भवन, पर्खाल र खेल मैदान सम्मका योजनाहरुको माग चङका–चाङ आएका छन’–  प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले शुक्रबार बुटवलको एक कार्यक्रमलाई सम्बोधन गर्दै भने–‘ तर बिद्यालयका ति अपाङ्ग,  र फरक क्षमता भएका  असहाय बिद्यार्थीहरुको सुविधाका लागि योजना माग गर्ने कुनै सांसद र कुनै राजनैतिक दल एक जना पनि मन्त्रालयमा आएको पाईन । ’

पहिलो पटक प्रदेश सरकार र बैंक तथा बित्तिय संस्था बिच सामाजिक उत्तरदायित्व सम्बन्धि अन्तरकृया कार्यक्रममा मन्त्री बरालले थपे–‘सांसदहरु विभिन्न विद्यालयका ठुला–ठृुला भौतिक पुर्वधारका योजनाहरुको माग गर्न आउनु हुन्छ , दलका नेताहरु प्नि आउनु हुन्छ  तर उहाँहरु ति आवज विहिन असहायहरुले भोग्नु परेका समस्या लिएर आएको  देखेको छैन ।

उहाँहरु किन पो त्यस्ता असहायहरुको आवाज लिएर आउनु हुन्थ्यो र ? जबकी ती असहायहरुले भोट हाल्नै सक्दैनन । तपाई बैंक र वित्तिय संस्थाले पनि त्यस्ता असहायहरुलाई  सुविधा दिने कार्यक्रम  किन पो ल्याउनु  हुन्छ होला र  ? जवकी उनिहरु तपाईहरुका खाता खोल्न समेत आउनै सक्दैनन । ’

उनले प्रदेश भर करिव १ सय १२ वटा  दृष्टि विहिन, सुस्त मनस्थित लगायत  फरक क्षमताका विद्यार्थीहरुले पढ्ने बिद्यालयहरुमा कुनै खालको सुविधा नभएको स्पष्ट पारे । भने –‘ तपाई हामी अहिले एसी सहितको सुवधा सम्पन्न होटलमा बसेर पनि यो रुपन्देही त भई हाल्यो असिना पसिना हुँदै छौं  ।

यसै रुपन्देहीको त्यस्ता  विद्यार्थीहरुले पढ्ने एक विद्यालयमा म अँस्ती पुग्दा एउटा सिलिङ्ग पंखा समेत नभएको पाएँ  ।  अब भन्नुस त उनिहरुले त्यो गर्मीमा कसरी पढ्न सके होलान ? उनले पाल्पाको एक विद्यालयमा पनि दृष्टि विहिन विद्यार्थीले त्यस्तै समस्या भोग्दै आएको बताए  ।

बैक तथा बित्तिय संस्थाहरुलाई हामीले निर्देशन दिन बोलाएको होईन ,  उनले भने तपाई हाम्रो काँधमा रहेको  सामाजिक उत्तरदायित्व  बहनमा समन्व्य र सहकार्य गर्न सकियोस् भनेर पहिलो पटक तपाई हाम्रो संयुक्त बैठकका रुपमा यो कार्यक्रम आयोजना गरिएको हो । यसमा नेपाल राष्ट्र बैंकले प्रदेश स्तरका बैक  र वित्तिय संस्थालाईै जमघटन गराउन गरेको सहयोग प्रति हामी धन्यवाद दिन्छौ ।

उनले बैंक तथा वित्तिय संस्थाले बार्षिक रुपमा लिने कुल मुनाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्व वहनमा खर्च गर्न आग्रह गरे ।  बैंक तथा वित्तिय संस्थाहरु हाल सम्म केन्द्रिय नीति अनुरुप चलेको छन ।

अब तपाईहरु मार्फत हरेक बैंक तथा वित्तिय संस्थाहरु पनि प्रादेशिक संरचनामा लैजान आग्रह गर्नका लागि पनि यो कार्यक्रमको आयोजना गरिएको हो । अब  यहाँहरुले सोही अभ्यासका लागि आ–आफ्नो केन्द्रलाई भन्नु होला र नेपाल राष्ट्र बैंकले पनि त्यसको पहल अबश्य गर्ने छ ,– उनले भने ।

मन्त्री बरालले अब छिट्टै समाज कल्याण कोष स्थापना गर्ने , त्यस कोषमा बैंक तथा वित्तिय संस्थाहरुश्रले  कुल मुनाफाको १ प्रतिशत जम्मा गर्ने र सामाजिक उत्तरदायित्व कहाँ निभाउने भन्ने विषयमा  समिक्षा र सहकार्य गर्दै अगाडी बढ्ने बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक अशोक पौड्यालले पहिला आर्थिक विकास नगरी सामाजिक बिकास गर्न नसकिनेमा जोड दिए ।

पहिला हामी सबै आर्थिक विकास  गर्ने तिर लागौं उनले भने त्यस पछि मात्र सामाजिक विकासमा लागौंला । उनले नयाँ नोट सटाहीमा बृद्ध बृद्धालाई लाईनमा नराखी उपलब्ध गराउन बैंकहरुलाई आग्रह गरो छन । उनले महिलाहरुलाई आत्म निर्भर बनाउन लघु वित्त संस्थाहरुले विना धितो र विना जमानत उद्यमसिलताका लागि लगानी गर्न समेत आग्रह गरेका छन ।

कार्यक्रममा सो मन्त्रालयका निमित्त सचिव मित्रमणी खनालले पहिलो बर्ष नीति निर्माण कै अभ्यासमा रहेको र अब कार्यन्वयनमा जान लागिएको बताउँदै बैंक तथा वित्तिय संस्था बिचको आपसी सहयोग  र सहकार्य गरेर आगाडी बढ्न जोड दिए ।

मन्त्री बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोही मन्त्रालय सामाजिक महाशाखा प्रमुख प्रज्ञा  निरौलाको स्वागत मन्त्वय र महिला तथा बालबालिका विकास अधिकृत प्रतिभा पन्थीको सञ्चालन रहेको थियो ।