Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

प्युठान काङ्ग्रेसको सभापतीमा भण्डारी निर्बाचित

By साझासवाल

pyuthan congressफागुन ८ प्युठान । नेपाली कांग्रेस प्युठानको सभापतिमा अमरप्रसाद भण्डारी निर्वाचित भएका छन् । १३ औँ अधिवेशन अन्तरगत शनिबार भएको निर्वाचनमा प्रतिद्धन्द्धी शिव रिजाललाई ४५ मतले पछि पार्दै भण्डारी  सभापतिमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा भण्डारी ले २सय ४० र घिमिरेले १ सय ९५ मत ल्याएका हुन् । यस अघि भएको निर्वाचनमा विधान अनुसार बहुमत मत ल्याउन नसकेपछि सभापति चयनका लागि शनिबार फेरी भण्डारी  र रिजाल बिच चुनाव मार्फत प्रतिस्पर्धा भएको हो ।

सभापतिमा निर्बाचित भएपछि नवनिर्वाचित सभापति भण्डारीले  पार्टीलाई एकताबद्ध बनाउने र सबैको भावना अनुसार काम गर्ने बताए । आफ्नो बिजय नै सिंगो कांग्रेसको बिजयी भएको भण्डारीको भनाई छ ।

निर्वाचनमा हार व्यहोरेका नेताहरुलाई पनि साथमा लिएर जिम्मेवार र गतिशिल पार्टी बनाउने उनले प्रतिबद्धता व्यक्त गरे । सबै तह र तप्काका नेता कार्यकर्ताहरु सँग सुझाबहरु संकलन गर्दै प्युठान कांग्रेसलाई गतिशिल र जिम्मेवार बनाउने उनको भनाई छ ।

उता सभापतिका प्रत्यासी शिव रिजालले अधिवेसनमा सहभागि सवैलाई धन्यवाद दिएका छन् । उनले लोकतन्त्रमा जितहार सत्य प्रक्रिया भएको भन्दै आगामी दिनमा आफू पार्टीमा अझ सक्रिय भएर लाग्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।