2026-06-30 07:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

दिहाल्ना पर्यटन तथा खेलकुद महोत्सव सुरु

सलिम अन्सारी/ फागुन २४, प्यूठान । पर्यटकीय हिसाबले मनोरम जिल्लाको उत्तरपूर्वी दिहाल्ना चौरमा ‘प्रथम दिहाल्ना पर्यटन तथा खेलकुद महोत्सव’ आज देखि सुरु भएको छ । लिवाङ–९ मा सोमबार देखि सुरु महोत्सबको पुर्ब उपप्रधान एव गृहमन्त्री बामदेव गौतमले उद्धघाट्न गरे। ूखेलकुद पर्यटन समबृद्धिको आधार,गन्तव्य दिहाल्ना हाम्रो सरोकार ।

नाराका साथ महोत्सबको आयोजना गरिएको हो। जिल्लाको लिवाङ ९ मा अवस्थित ६१ रोपनी क्षेत्रफलमा फैलिएकोे दिहाल्ना चौरलाई मध्यपश्चिम कै नमुना क्रिेकट रङ्गशाला निर्माण गर्न राज्यको ध्यानाकर्षण गराउन महोत्सव सञ्चालन गर्न गरिएको हो ।

महोत्सवले दिहाल्नामा लालीगुराँस रङ्गशाला, होम स्टे सञ्चालन, मुर्चुल टावर, योगाश्राम, फन पार्क, पिकनिक स्पोर्ट र दिहाल्नादेखि पर्यटकीयस्थल गौमुखी हुँदै ढोरपाटनसम्मको पदमार्ग निर्माणका लागि टेवा पुर्याउने दिहाल्ना खेलकुद पर्यटन विकास कार्यक्रमको योजना छ ।
महोत्सव अबधिभर जिल्लास्तरीय टि–ट्वाण्टी कप क्रिकेट प्रतियोगिता, स्थानीय स्तरको सरायँ नाच, खुला भलिबल प्रतियोगिता, स्थानीय झाँकी, राष्ट्रिय एवम् स्थानीय कलाकारको प्रस्तुति सन्चालन हुनेछ्न। जिल्ला सदरमुकाम खलङ्गाबाट १७ कोष दूरीमा अवस्थित दिहाल्नाचौर समुन्द्री सतहदेखि २ हजार ३ सय मिटर उचाइमा पर्छ । दिहाल्नाचौरबाट माछापुच्छे«, धवलागिरि र जलजला हिमालको दृश्यावलोकन गर्न सकिन्छ । मेला आयोजक दिहाल्ना चौर पर्यटन बिकास समितिका अध्यक्ष गोबिन्द गिरिले जिल्लाको ग्रामिण भेगमा पहिलो पट्क सन्चालन गरिएको यस्तो महोत्सबबाट जिल्लाको पर्यटन र खेलकुद क्षेत्रको प्रबद्धनमा कोशेढुङ्गा साबित हुने बिश्वास लिए।
‘महोत्सवले ग्रामीण पर्यटनको विकासमा सघाउंने छ’,अध्यक्ष गिरीले भने,

प्युठान प्रसस्त पर्यट्किय संम्भावना बोकेको जिल्ला भए पनि यहांको पर्यट्न क्षेत्रको बिकासमा राज्यले प्रयाप्त लगानि नगर्दा पछि परेको औलाए। जिल्लालाइ पर्यट्किय गनतव्यका रुपमा बिकास गर्न राज्यले देख पुर्याउनुपर्नेमा उनले जोड दिए।महोत्सबको २९ गते विशेष समारोहका बिच समापन गरिने आयोजकले जनाएको छ।

जिल्लामा खेलकुदको बिकास र प्रबद्धनका लागि ‘स्वास्थ्यका लागि दौड’ भन्ने उद्देश्यले गत भदौमा दाखाक्वाडीको बेलुवावगरदेखि दम्दीसम्म प्रथम मैत्रीपूर्ण म्याराथुन दौड प्रतियोगिता समेत सम्पन्न गरिएको अध्यक्ष गिरीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ