By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    38 minutes ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 hour ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    1 hour ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    2 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    7 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    7 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: प्युठानका सामुदायिक बनहरु सखाप, एकै बर्षमा १ सय आगलागी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > प्युठान - PTN > प्युठानका सामुदायिक बनहरु सखाप, एकै बर्षमा १ सय आगलागी
प्युठान - PTNसमाज

प्युठानका सामुदायिक बनहरु सखाप, एकै बर्षमा १ सय आगलागी

साझासवाल
Last updated: April 26, 2016 7:12 am
साझासवाल
7 Min Read
Share

Aaglagiसलिम अन्सारी । बैशाख- १४, प्युठान । प्युठानमा पछिल्लो समय आगलागीका घटनामा वृद्धि भएको छ । पछिल्लो एक सातामा मात्रै एक दर्जनभन्दा बढी वनक्षेत्रमा आगलागी भएको छ । आगलागीका कारण सयौँ हेक्टर जङ्गल सखाप भएको छ । लामो समयसम्म पानी नपरेका कारण खडेरीले वनक्षेत्रको घाँस, दाउरा र पातपतिङ्गर सुकेर आगलागीका घटना बढेको हो ।जलबायु परिबर्तन हुनु र लामो समय सम्म खडेरी पर्दा सुख्खा भइ धेरै आगलागी हुने गरेको जिल्ला बन कार्यालयले बताएको छ।धेरै जसो आगलागी चैत र बैशाखमा हुने गरेको छ।

आगलागीले जङ्गली जनावरहरुको आहारा र बासस्थानमा समेत नोक्सानी पु¥याएसँगै जनावरहरु जङ्गलबाहिर निस्कन थालेका छन् । आगलागीकै कारण विगत तीन दिनदेखि प्युठानमा तुवाँलो लागेको छ । आगलागीको घटना नियन्त्रण हुन नसक्दा यसले ठूलै समस्याको रुप लिएको छ ।

वन क्षेत्रमा लागेको आगोकै कारण कतिपय ठाउँमा ठूलै धनसम्पत्तिको क्षतिसमेत भएको छ । जङ्गलमा लागेको आगो घरमा सल्किएपछी  मर्काबाङका ४ वटा घर जलेर खरानी भएका थिए। त्यस्तै बाङ्गेसाल २ कालिबनका २ वटा घर जल्दा  ५ लाख भन्दा बढीको क्षति भएको थियो । जिल्ला बन कार्यालयका अनुसार प्युठानमा ४ सय १२ सामुदायिक बन र १ सय ६० कबुलती बन छन।

नया बर्षको शुरुवात संगै घना जङ्गल रहेको दक्षिणि प्युठानको सामुदायिक वनमा भीषण आगलागी भयो । देउराली,बाग्दुला, नौलाखर्क मदने,  राङ्बाङ,पालुथान,बसेनिदमार, खारखोली, देउतिथान लगायतका सामुदायिक वनमा लागेको डढेलोले जङ्गल नै सखाप पारेको छ । आगोलागीले  वनका धेरैजसो ठाउँमा क्षति पुर्याएको छ ।

पट्क पटक निभ्दै फैलिएको डढेलोले जङ्गलका स–साना बिरुवा, वन्यजन्तु, पक्षीहरुको बासस्थानसमेत ध्वस्त पारेको छ । जिल्लाको सामुदायिक वनक्षेत्रमा भएको आगलागीका यी केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । जिल्लाको अधिकाशं ग्रामीण भेगका सामुदायिक वनहरुमा   पछिल्लो समय आगलागीका घटना बढिरहेका छन् । हंसपुर र बाङ्गेसाल गाबिसको वनमा भएको आगलागीले त्यस क्षेत्रमा रहेको ठूलो वनमा क्षति पुर्याएको छ ।

जङ्गलमा लागेको डढेलोका कारण बन पैदावार सखाप भएपछी  मुहान सुक्ने र खानेपानीको हाहाकार हुने चिन्ताले यहाका स्थानियलाइ पिरोल्न थालेको छ। “हरेकजसो वनमा आगलागी भइरहेको छ, पालुथान सामुदायिक बनका अध्यक्ष हकित मियाँले भने – “अहिले पनि विभिन्न ठाउँका जङ्गल, पाखो र पहाडमा आगलागी भइरहेको छ ।”

सुख्खा यामसँगै गत फागुनदेखि प्युठानका सामुदायिक  वन क्षेत्रमा डढेलो लाग्ने क्रम बढेको हो । जिल्ला स्थित सरोकारवालाहरु जिल्लामा आगलागीका घटना बढिरहेकाले यस्तो कार्यलाई तत्काल रोक्नुपर्ने बताउँछन् । “जनचेतनाको कमी र हेलचक्र्याइँका कारण आगलागी हुने गरेको छ, हावाहुरी बढेको कारण पनि आगलागीले थप जोखिम बढाएको छ, आगलागी रोक्न सबै लाग्नुपर्ने देखिएको छ,” उनले भने ।

जिल्लाका अधिकाँश ग्रामिण भेगका गाबिसमा रहेका सामुदायिक वनहरुमा विगत एक महिनाको अवधिमा आगलागीका घटना बढी भएका छन् । दक्षिणि क्षेत्रमा पर्ने तिराम मर्काबाङ, धुवाङ, बाङ्गेसाल,हंसपुर, ढुङ्गेगढी गाविसका वनहरुमा खडेरीको कारण झुसिल किराको समस्या देखिएपछि झुसिल किरालाई मार्नकै लागि स्थानीयले जङ्गलमा आगो लगाउन बाध्य भएको बताइन्छ ।

जिल्लाको उत्तरि  क्षेत्रका जङ्गलमा समेत आगलागी हुने क्रम बढेको छ । तुषारा,लुङ,धर्मावती बाङ्गेमरोठ लगायतका गाविसमा रहेका जङ्गलमा समेत आगलागी हुने क्रम बढेको  स्थानियले बताए।

जिल्लामा बढ्दो आगलागीले वन पैदवारसँगै बहुमूल्य जडीबुटी, जङ्गली जनावर र पक्षीहरुमा समेत ठूलो क्षति पुगेको छ । केही क्षेत्रमा जङ्गलमा घाँस राम्रो उम्रने भन्दै संस्थागत रुपमै आगो लागाउने प्रचलन समेत रहिआएको छ । अहिले हरेक दिनजसो कुनै न कुनै जङ्गलमा आगो लागिरहेको पाइएको छ । तर कसले आगो लगाउँछ भन्ने कुरा पत्ता लगाउन सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

जिल्ला वन कार्यालयका रेन्जर हरि पौडेल वनमा लाग्ने गरेको आगलागीका घटनालाई कम गर्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताउँछन् । “कार्यालयले डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिरहेको छ, संचारमाध्यम मार्फत  जनचेतनामूलक प्रचारसामाग्री प्रसारण गरिरहेका छौं ,” पौडेलले भने,”यस्को नियन्त्रणमा बन सक्रीयताका साथ लागेको छ।” उनले स्थानिय बनसमिती,सुरक्षाकर्मीसंग समन्वय गरि आगो नियन्त्रण गर्ने गरिएको बताए।

जिल्ला वन कार्यालयले आगलागी नियन्त्रणका लागि अग्निरोधक सामग्रीको व्यवस्थापन, हस्तान्तरण र आवश्यक तालिम समेत प्रदान गर्दै आएको जनाएपनि जिल्लामा हरेक वर्ष आगलागीका घटना कम हुनुको साटो झन् बढिरहेको छ ।यहाँका पहाडी क्षेत्रका वनमा हुने आगलागी नियन्त्रण गर्न गार्हो हुने गरेको छ।पहाडी भेगमा धेरै भिरालो जग्गा हुनु र तलबाट लागेको आगो माथी तिर जाने हुँदा निभाउन कठिन हुने गरेको हो।वनमा लागेको आगो नियन्त्रण गर्न आधुनिक सामान प्रयाप्त नहुनु र तालिम प्राप्त जनशक्ती नहुँदा समस्या परेको छ।  यसरी हरेक वर्ष वनमा हुने आगलागीले वनक्षेत्रमा त नोक्सानी पार्छ नै त्यसले वातावरणलाई समेत नकरात्मक असर पुर्याउने गरेको छ ।

१ बर्षमा  १ जनाको मृत्यु, १ सय आगलागीका घटना

प्युठानमा एक बर्षमा १ सय बढी आगलागीका घट्ना भएका छन।चालू आर्थिक बर्ष २०७२-७३ मा १ सय  ६ वटा आगलागीका घट्ना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले बताएको छ। प्रहरीका अनुसार पछिल्लो एक वर्षमा भएका आगलागीका घटनाहरु अधिकांस गर्मी मौसममा हुने गरेको र त्यसबाट धेरै अनुपातमा क्षति हुने गरेको छ।

प्रहरी नावय उपरिक्षक रन्जीतसिंह राठोरले जिल्लामा अघिल्लो बर्षको बैशाख महिनाबाट यसै हप्तासम्म भएका आगोलागीका घटनाहरुबाट मात्रै ३ करोड ५ लाख २० हजार ३ सय ६४ रुपैँया बराबरको क्षति भएको जानकारी दिए ।

आगलागीका घटनाहरु अधिकाशं ब्यक्तिको लापरबाहीका कारण हुने प्रहरीले बताएको छ । बनमा लागेको आगलागीले मानबिय क्षती समेत हुने गरेको छ।यो बर्ष वनमा लागेको आगो नियन्त्रण गर्न जाँदा धुवाङ ७ अ्म्मरेमा एक जनाको ज्यान गएको प्रहरीको तथ्याङमा छ। प्यूठानमा आगलागीसंगै उद्धार र राहत कार्यका लागि जिल्ला स्तरबाट तत्काल जनशक्ति परिचान गर्ने गरीएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

जिल्ला बन कार्यालयले जिल्लाका अधिकासं बन क्षेत्रहरुमा आगोलागी हुने गरेको भन्दै बन समुहका उपभोक्ताहरुलाई अग्नी रेखा बनाउने तथा आगो लाग्न नदिनका लागि प्रतिकार्य योजना बनाउनु पर्नेमा जोड दिएको छ । आगो नियन्त्रणका लागि उपभोक्ता र स्थानियलाई सकृय बनाउनु पर्नेमा कार्यालयको जोड रहेको छ। बन ऐनको दफा ४९को ख मा आगो लगाउने वा आगलागी हुने कुनै काम गर्नेलाई दफा ५०को ख अनुसार कारबाही गर्ने ब्याबस्था गरिएको भए पनि आगो निभाउँदा भएको मानबिय क्षतीको राहत बारे स्पस्ट्र निर्देशिका छैन।

Share This Article
Facebook Email Copy Link Print
Previous Article प्युठानका सामुदायिक बनहरु सखाप, एकै बर्षमा १ सय आगलागी
Next Article टीकापुरमा भारतीय नागरिकको हत्या
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

मुख्य समाचारसमाज

भक्तपुरस्थित निवासबाट पक्राउ परे दुर्गा प्रसाईं

2 years ago
डडेलधुरा - DDLसमाज

डडेल्धुरामा तिजको शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम

57 years ago
काठमाडौँ - KTMसमाज

पश्चिमका केही स्थानमा भारी वर्षा हुने

57 years ago
समाजसुर्खेत - SKT

सुतेकै ठाउँ मृत भेटिए वडाध्यक्ष

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?