2026-07-03 07:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा कार दुर्घट्ना, एकै घरका तीन जनाको मृत्यु

सलिम अन्सारी/बैशाख २६, प्यूठान । स्वर्गद्वारी दर्शन गरेर फर्किने क्रममा निजि स्कारपियो कार दुर्घटना हुँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना घाइते छन् । उनिहरुको अबस्था गम्भीर छ ।

प्यूठानको भिङ्ग्री हुँदै फर्किने क्रममा बा १४ च ३८३९ नम्बरको स्कार्पियो भिङ्ग्री १ स्थित खहरेखोलामा शनिबार मध्यान्ह दुर्घटना भएको थियो । दुर्घटनामा दाङ तुलसीपुर नगरपालिका १९ उरहरी निवासी ५५ बर्षिय शुकदेव खनाल, उनकी १९ वर्षीया छोरी बिमला खनाल र १३ वर्षीय छोरी अस्मिता खनालको घट्नास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार दुर्घटनामा घाइते हुनेमा १९ वर्षीया बसन्ता खनाल र ६४ वर्षीया दीया खनाल, घाइते कमला खनाल, कौशिला खनाल र शारदा खनाल रहेका छ्न। घाइते सबैको कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार पानी परेका कारण भिङ्ग्री–स्वर्गद्वारी सडकखण्ड चिप्लो भएको थियो । कच्ची बाटो भएका कारण त्यहाँ हिँउदमा सुख्खा तथा वर्षाको बेला समेत पहिरो खसिरहन्छ ।

शनिबार दिउँसो सोही बाटो भएर भिङ्ग्री फर्किदैँ गर्दा पहाडबाट खसेको बाढीले जीप चिप्लिएर दुर्घटना भएको थियो । दुर्घटनागस्त जीपमा दाङ तुलसीपुर १९ का खनाल परिवार स्वार्गद्वारी दर्शन गर्न गएका थिए । मृतकको शब पोष्ट्मार्ट्मका लागि जिल्ला अस्पताल प्युठानमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक