Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सप्तरीमा शङ्कास्पद रोगबाट दुई बालकको मृत्यु

By kit 2 मिनेट पढाइ

कात्तिक १०, राजविराज | सप्तरीको कञ्चनरुप नगरपालिकामा शङ्कास्पद रोगबाट दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–७ का ६ वर्षीया कृष्णजङ्ग कटुवाल र वडा नं ५ का १३ वर्षीय कृष्ण सदा रहेको स्थानीयवासी राजकुमार पासवनले जानकारी दिनुभयो ।

कटुवालको कात्तिक ६ गते र सदाको कात्तिक ७ गते मृत्यु भएको परिवारजनले जनाएका छन् । मृतक दुबै बालकलाई ज्वरो आउने, वान्ता हुने र टाउको दुख्ने भएपछि मृत्यु भएको पासवानले बताउनुभयो ।

यता थप घटना हुन नदिन कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्र, प्रशासकिय अधिकृत सविनराज ढकालले प्रदेश नं २ का सामाजिक विकास मन्त्रालय, महामारी तथा सरुवारोग नियन्त्रण महाशाखा टेकु र जिल्ला जनस्वास्थ्य कार्यालय राजविराजलाई मृत्युबारे आवश्यक अनुसन्धान गरी थप घटना हुन नदिन व्यवस्था मिलाउन सहयोगका लागि अनुरोध गरेका छन् ।

यसअघि दुई महीना अगाडि सो क्षेत्रमा भाइरल ज्वरोका कारण नगरवासी त्रसित भएका थिए । भाइरल ज्वरोकै कारण चार जनाको मृत्यु भएको थियो ।