Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

गुल्मीमा एम्वुलेन्स ल्याईँन्छ तर संचालनमा ल्याईदैन

By kit 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार | कार्तिक–१३, बुटवल ।  ग्रामिण भेगमा एम्वुलेन्सको निकै खाँचो छ । त्यसैले देश विदेशमा रहेकाहरुले समेत आ–आफ्नो परिवारको गास काटेर गाउँमा एम्वुलेन्स सेवा उपलब्ध गराएका छन । तर ती एम्वुलेन्सहरुको प्रभावकारी सञ्चालन हुन सकेको छैन ।

गुल्मीको साविक  पिपलधारा गाविसमा २०७३ख बैशाख देखि सञ्चालनमा आएको एम्वुलेन्स दुई बर्ष नपुग्दै थन्कीएको छ । देश विदेशमा रहेका पिपलधाराबासीले एम्वुलेन्स सञ्चालन कै निम्ति पिपलधारा चौतरी बिश्स बिश्व सञ्जाल गठन गरे ।   कृष्ण खनाल, महेन्द्र गौतम , शालिकराम बिश्वकर्मा , रविन महत , रामबहादुर खड्का , बाबुराम थापा लगायतका युवाहरुले सामाजिक सञ्जाल मार्फत अभियान छेडेर सञ्चालनमा ल्याएको एम्वुलेन्स   गत तीन महिना देखि  थन्कीएकोको हो ।

‘एम्वुलेन्स सञ्चालक  समिति अस्तव्यस्त बन्यो । अधिकांस निस्कृय बन्दै गए ’–पिपलधारा स्वास्थ्य चौकी प्रमुख प्रेम खनालले भन्छन –‘त्यही समिति पनि विघटन भयो । एम्वुलेन्स सञ्चालनको खर्च पुराउनै गाह्रो भएको छ । त्यसका चालक रामबहादुर खड्काले पनि आफ्नै गल्तीले राजिनामा दिए । उनले मानिस ओसार पसार गरेको पैसा समितिलाई नदेखाई  आफै खर्च गरेको  पत्ता लागे पछि राजिनामा दिएका हुन ।

उनले थपे–‘  अहिले  एम्वुलेन्स सञ्चालनको बचत रकम १ लाख १८  हजार २ सय करिव रहेको छ । त्यसले मर्मत खर्चर चालकलाईतलव खर्च पुराउन मुस्कील परेको छ । ग्रामिण भेगमा फोर विल गाडी नभए चलाउन गाह्रो  यहाँको एम्वुलेन्स टु विल हो । फोर विलले विरामी बढि झ्याक्ने भएकोले टु विल एम्वुलेन्स ल्याईदो रहेछ ।’

धुर्कोट गाउँपालिका स्वास्थ्य विभाग प्रमुख समेत रहेका खनालले छिमेकी नयाँगाउँमा  पनि एम्वुलेन्स खासै नियमति चल्न नसकेको उनले बताए ।  हाल सम्म जिल्लामा नयाँ  सिफारिस प्रकृयामा रहेका ४  वटा बाहेक  २९ वटा एम्वुलेन्स सञ्चालनमा ल्याएको जिल्ला जनस्वास्थ्य अधिकृत उ  त्तम कुमार कोईरालाले जानकारी दिए । उनले जोहाङ्गमा रहेको एम्वुलेन्स पनि सञ्चालन गर्न छाडिएको बताए ।

सधै विरामी नपाईने , साविकका गाविस पिच्चे एम्वुलेन्स सेवाको लहरले एम्वुलेन्स धेरै  विरामी कम हुने गरेका कारण पनि एम्वुलेन्स सेवा नियमित हुन नसकेको सरोकारवालाको बुझाई छ ।

पछिल्लो चरण हालै ईस्मा गाउँपालिका आफैले खरिद गरी वडा नम्वर २ हस्तीचौरमा एम्वुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

मदाने गाउँपालिकाले पनि दुई वटा एम्वुलेन्स खरिद प्रकृया अगाडी बढाएको छ । यसरी एम्वुलेन्स सेवा वडा पिच्चे भन्दा पनि भेग मिलाई सञ्चालनमा ल्याउन सके प्रभावकारी सञ्चालनमा आउने सरोकारवालाको बुझाई छ ।

करिव १० लाख मुल्यमा खरिद गर्न सकिने एम्वुलेन्समा सरकारले झण्डै ३० लाख बराबरको भन्सार छुट गरी दिने भएकोले पनि एम्वुलेन्स खरिदमा आकर्षण बढेको पाईन्छ ।  जिल्लाका धेरै स्थानमा रहेका एम्वुलेन्सहरु नियमित सञ्चालनमा आउन नसक्दा कतै समितिले ऋणमा चलाई रहेको त कतै कहिले कसो मात्रै सञ्चालनमा  ल्याउने र थन्काउने गरिएको बताईन्छ ।