२६ कार्तिक २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा पेट्रोलमा मिसावट नभएको पुष्टी

१४ कार्तिक २०७५, बुधबार ०८:५१

प्रेम सुनार | कार्तिक–१४, बुटवल । गुल्मीमा दशैताका एक आयल स्टोर्समा पेट्रोलमा डिजेल मिसावट भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरुले गरेको विरोध , विरोधका नाममा विरोध  मात्रै सावित भएको छ ।  

सदरमुकाम तम्घासको दिपक बोहरा आयल स्टोर्समा दशैको समयमा पेट्रोलमा मिसावट भएको भन्दै नेपाली कांग्रेस रेसुङ्गा नगर समिति, सो पार्टी निकट  नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय गुल्मीमा ज्ञापन पत्र बुझाउँदै तत्काल उक्त आयल स्टोर्सलाई कार्बाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावानी दिएको थियो ।

सोही अनुरुप जिल्ला प्रशासनले प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिले प्रतिवेदन सार्वाजानिक गर्दै पेट्रोलमा डिजल मिसावट भएको प्रमाण नजुटेको पुष्टी गरेको छ ।

समितिका संयोजक पाण्डेले भने–‘ समितिले  सुक्षम ढंगले  छानविन गर्दा मिसावट भएको प्रमाण कतै भेटाउन सकेन , दशैको समयमा त्यस पम्पबाट एक हजार मोटर साईकलमा पेट्रोल राखेको पाईयो । ति मध्ये सात आठ वटा मोटर साईकलमा खराबी आएको पाईए पनि त्यसको कारण पोट्रोलका कारण खरावी आएको पुष्टी हुन सकेन । केहि जिम्मेवार राजनैतिक दलले त्यस्तो बिषय उठाए पनि अन्य कतैबाट मिसावट भएको गुनासो  समेत आएको छैन ।’

समितिले ठुलो मेहनतका साथ प्रतिवेदन तयारी गरी सार्वाजानिक गरेको भन्दै  प्रमुख जिल्ला अधिकारी यदुनाथा पौड्यालले धन्यबाद दिएका छन । नेपाली कांग्रेसका उपसभापति विष्णुप्रसाद बलालले भने प्रतिवेदन राम्ररी अध्यान गरेर मात्र पार्टीले प्रतिकृया दिने बताएका छन ।

समितिमा पाण्डेका अलवा प्रशासनका नायव सुब्बा तुल्सीराम न्यौपाने , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक ओमप्रसाद पौड्याल सहित  तिन सदस्यीय थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी ‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’