पढ्न करिब 1 मिनेट लाग्छ
<p>कात्तिक १६, गुल्मी । गुल्मीमा एक व्यक्तीले आफ्नै श्रीमातीको हत्या गरेका छन् | गुल्मीको मदाने गाउँपालिका-६ पनाहा निवासी ३२ वर्षीय दुर्गा नेपालीले श्रीमतीको हत्या गरी फरार भएका छन् ।<br></p><p>नेपालीले शुक्रवार बिहान ३१ वर्षीया सीता नेपालीलार्इ कुटपिट गरेर हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिपकुमार बस्नेतले जानकारी दिए । श्रीमतीको हत्या गरी फरार भएका दुर्गाको खोजी कार्य भइरहेको उनले बताए ।</p><p>घटनाबारे थप भइरहेको प्रहरीले जनाएको छ । </p>

