2026-09-18 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

नेकपा एमाले ओखलढुंगाको आठौँ जिल्ला अधिवेशनको तयारी पुरा

माघ २९, ओखलढुंगा । नेकपा एमाले जिल्ला कमिटी ओखलढुंगाको आठौं जिल्ला
अधिवेशनमा चार सय २४ जना प्रतिनिधी सहभागी हुने भएका छन् । खुल्ला तर्फ आठ संगठित सदस्य बराबर एक जना,
चार महिला तथा दलित संगठित सदस्य बराबर एक जना अधिवेशनका प्रतिनिधी छनौट हुने विधानको व्यवस्था अनुसार
प्रतिनिधी छनौटको काम भइसकेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

okhaldhunga
प्रेस चौतारी नेपाल जिल्ला शाखा ओखलढुंगाको
आयोजनामा भएको पत्रकार सम्मेलनमा जिल्ला अधिवेशनको तयारीका बारेमा प्रचार विभाग प्रमुख शंकर कट्वलले
पत्रकारहरुलाई जानकारी गराउनु भएको थियो । अधिवेशनको तयारी पुरा भएको र नेतृत्व चयन विधिसम्मत् सहमतिका
आधारमा हुने उहाँले जानकारी दिनुभयो । अधिवेशनले जिल्लाका विकास निर्माण, शुसासन र भ्रष्टाचार न्यूनिकरण
गर्न सक्षम नेतृत्व चयन गर्ने एमाले जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो ।


जिल्लाको समृद्धिका लागि एमालेले विकास निर्माणको कार्ययोजना समेत तय गर्ने
उहाँको भनाइ छ । श्रेष्ठले एमाले जिल्ला अधिवेशनले सगरमाथा दर्शन अभियान अन्र्तगत हलेसी निशंखे चायाथान
केबलकारको अबधारणा संस्थागत रुपमा योजना अगाडी सार्ने जानकारी दिनुभयो । अधिवेशनका विषयमा धारणा राख्दै
एमाले केन्द्रिय सदस्य तथा साँसद यज्ञराज सुनुवारले राजनीतिक क्रान्ति सम्पन्न भएकाले आर्थिक समृद्धि र
विकासका लागि एमालेले एजेण्डा तय गर्ने जानकारी दिनुभयो । विचार र विकासलाई सँगसँगै अगाडी बढाउनु पर्ने
आवश्यकता औल्याउनुभयो ।

एमाले जिल्ला अधिवेशनमा २० लाख खर्च
हुने र उक्त खर्चबारे अधिवेशन सम्पन्न भए पश्चात वितृत जानकारी गराईने पत्रकार सम्मेलनमा जानकारी दिइएको
छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा ओखलढुंगाका अध्यक्ष पूर्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको
पत्रकार सम्मेलनमा,जिल्लाका तिनैजना एमाले सांसद,एमालेका केन्द्रिय तथा जिल्ला र गाँउतहका नेता
कार्यकर्ता,पत्रकार लगाएको उल्लेख्य उपस्थिती रहेको थियो ।


यसैविच अधिवेशनका प्रमुख अतिथी पार्टीका महासचिव ईश्वर पोेखरेल लगाएतका अतिथिहरु जिल्ला
आईसकेको नेकपा एमाले ओखलढुंगाले जनाएको छ । एमाले ओेखलढुंगाको आठौ जिल्ला अधिवेशन भोलीबाट लगातार तिनदिन
सम्म सदरमुकाम ओखलढुंगामा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई