Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिन्धुपाल्चोकमा आगलागीबाट एकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कात्तिक १९, मेलम्ची | सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ ।&nbsp;<br></p><p>जितबहादुर गोलेको घरमा आगो लाग्दा उहाँका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले जानकारी दिनुभयो ।&nbsp;</p><p>राति घरमा अरु कोही नभएको समयमा आगो लाग्दा छोराको मृत्यु भएको परिवारले जनाएको छ । घरमा कसरी आगो लाग्यो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । आगलागीबाट जितबहादुर गोलेको घर पूर्णरुपमा जलेको छ भने करीब रु दुई लाख ५० हजार बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा रातिनै आगो नियन्त्रणमा लिई अरु घर जल्नबाट जोगाइएको छ ।&nbsp;</p>