२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

श्रीमानको काँधमै श्रीमती सुत्केरी भएपछी…

२०७५, १९ कार्तिक सोमबार ०५:२९

प्रेम सुनार | कार्तिक–१९, बुटवल ।  गुल्मीको विकट गाउँ अर्खबाङ्गमा सुत्केरी ब्याथा लागेर सुत्केरी गराउन  स्वास्थ्य  चौकी तर्फ लैजाँदै गरेकी एक महिला बाटैमा त्यो पनि श्रीमान कै काँधमा सुत्केरी भएकी छन ।  मालिका गाउँपालिका वडा नम्वर ४ , साविक अर्खबाङ्गको काभ्रे निवासी २८ बर्षिया निरा घर्ति मगर त्यसरी सुत्केरी भएकी हुन ।


मोटर बाटो सुविधा नपुगेको काभ्रे गाउँबाट उनका श्रीमान  यमबहादुर घर्ति मगर सहित चार जनाले स्टेचरमा बोकेर माथी अर्खबाङ्ग ठुलाचौरको स्वास्थ्य चौकीमा रहेको वर्थिङ्ग सेन्टरमा ल्याउँदै थियौं उनका श्रीमानले भने घरबाट हिडालेको १० मिनेट नहुँदै माथी ढाँडा आउँदै गर्दा माथी स्टेचर मै श्रीमति सुत्केरी भईन ।’

उनका अनुसार १४ बर्षको उमेरमा पहिलो सन्तान श्रीमति निराले छोरी जन्माएकी थिईन । उनि अहिले अहिले १६ बर्षकी भईन । दोश्रो सन्तान छोरा जन्मेका छन भने अहिले तेश्रो सन्तानका रुपमा स्टेचरमा छोरी जन्मेकी छन ।


बाटैमा उनको जन्म भए पनि सुत्केरीको अवस्थालाई  ध्यानमा राखी उनलाई स्टेचर मै राखेर स्वास्थ्य चौकीमा ल्याईएको थियो । नवजात शिशुलाई उनकी दिदीले काँखमा बोकेर उकालो लाग्दै थिईन ।

उनिहरु  आएको थाह पाउन साथ मालिका गाउँपालिका प्रमुखले तत्काल स्वास्थ्यकर्मीलाई सक्रिय बनाएर उनको स्वास्थ्य उपचार गराएका थिए ।  उनि स्टेचर मै सुत्केरी भएको थाह पाए पछि  अब छिट्टै त्यहाँ मोटरबाटो पुराउन एक कार्यक्रममा त्यहाँ  पुगेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले गाउँपालिकालाई निर्देशन दिएका थिए ।

मालिका गाउँपालिका जिल्लाको सबै भन्दा विकट गाउँपालिका मानिन्छ । त्यहाँको दर्लिङ्ग दुनाम गाउँमा अझै मोटरबाटो पुग्न सकेको छैन । लिलिङ्ग गाउँ सहित त्यहाँका केहि गाउँका सेवाग्राहीहरु आठ घण्टा सम्मको बाटो हिडेर गाउँपालिका कार्यालय अर्खबाङ्ग ठुलाचौरमा सेवा लिन आउने गर्दछन ।  मन्त्री बिष्टले त्यहाँ देखि ठुलाचौर सम्मको मोटरबाटो खन्ने र स्तर बृद्धि गर्ने जिम्मेवारी केन्द्र सरकारले लिने बताउँदै थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी