२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

फूलको व्यापार बढ्यो

२०७५, १९ कार्तिक सोमबार ०८:३०

कात्तिक १९, वीरगञ्ज | भारतको कोलकाता घर भई विगत ३० वर्षदेखि वीरगञ्जमा फूलको व्यापार गर्दै आउनुभएका सुदर्शन मानिकले तिहारलाई लक्ष्य गरी १० हजार सयपत्री फूलको माला भारतबाट आयात गर्नुभएको छ । 

कोलकातामा रु ५० मा पाइने सयपत्री फूलको माला स्थानीय बजारमा रु ७० सम्ममा बिक्री हुन्छ । यस व्यवसायबाट आर्थिक लाभ भएपछि अन्य व्यापारी पनि यस व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । भारतबाट फूल आयात गरी व्यापार गर्नेको सङ्ख्या बढ्दै गएको छ । वीरगञ्जमा फूलको व्यापार गर्ने फूटकर व्यापारीको सङ्ख्या पाँच सयको हाराहारीमा छ । 

व्यापारीले कोलकाताबाट फूलका माला रेलमार्ग भएर आयात गर्ने गरेका छन् । अहिले बजारमा भारतबाट आयत गरिएका रङ्गीचङ्गी प्लास्टिकका फूलले समेत बजार पाएको छ । यस्ता कृत्रिम फूल बेच्ने व्यापारीको सङ्ख्या समेत यहाँ अत्यधिक छ । व्यापारीले भाइटिकालाई लक्ष्य गरी काठमाडाँै, पोखरा, नारायणघाट, भैरहवा लगायतका जिल्लामा मखमली फूल बिक्री गर्ने गरेका छन् । 

व्यापारीले तिहार पर्वलाई लक्ष्य गरी चालु आर्थिक वर्षको साउनदेखि कात्तिकको हालसम्ममा भारतबाट रु एक करोड ४० लाख बराबरको दुई लाख ७८ हजार किलो फूल आयात गरेका छन् । वीरगञ्ज भन्सार कार्यालयले फूल आयातबाट रु सात लाख राजश्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु ६३ लाख मूल्य बराबरको दुई लाख ३४ हजार किलो फूल आयात गरिएको थियो भने रु तीन लाख ५० हजार राजश्व सङ्कलन भएको थियो । फूलमा ५ प्रतिशत भन्सार शुल्क लाग्छ । यसैबीच वीरगञ्ज भन्सार भएर व्यापारीले दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी भारतबाट रु चार करोड २० लाखको स्याउ र केरासमेत आयात गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा