2026-09-18 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

सांसद रामहरी खतिवडाको मासिक तलब गाउँको विकासमा

ramahari khatiwada 1पूर्णप्रसाद न्यौपाने/फागुन ६, ओखलढुंगा ।
‘आफुलाई ओखलढुंगाको एम्बुलेन्स र ओखलढुंगेली जनतालाई भगवान’ भन्न रुचाउने ओखलढुंगाका सांसद रामहरी
खतिवडाको मासिक तलब गाँउको विकासमा खर्च भईरहेको छ ।

सांसद
खतिवडाले आफुले पाएको मासिramhari khatiwada 2क तलब गाँउको विकासका लागि खर्चगर्ने उद्धेश्यले गाँउ गाँउमा लगेर वितरण
गरिरहेका छन् ।संविधानसभाको निर्वाचन २०७० मा ओखलढुंगा क्षेत्र नं. २ बाट भारी मतले विजयी भएपछि सांसद
खतिवडाले आफुलाई राज्यले दिने मासिक तलव समेत आफुले खर्च नगरि गाँउगाँउमा वितरण गर्ने प्रतिवद्धता जनाए
अनुसार नै अहिले सम्म रकम वितरण गरिरहेका हुन् । गत पुस सम्ममा आफुले बुझेको २३ महिनाको तलब गाँउ गाँउमा
पु¥याएर वितरण गरेको सांसद खतिवडाको भनाई छ ।

‘मैले जे बाचा
गरेको छु,त्यो पुरा गरिरहेको छु’सांसद खतिवडाले भने‘अझै धेरै काम गर्न बाँकि छ,त्यसका लागि योजना बनाएर
अघि बढिरहेको छु, गरिब, पिडित र दिनदुःखीहरुका लागि काम गरिरहन्छु’ अब उज्यालो र सम्बृद्ध ओखलढुंगा
निर्माणमा लागि पर्ने उनको भनाई छ । आफुरुले जिताएर पठाएका सांसदले गरेका बाचा पुरा गर्दै मासिक तलब
समेत गाँउको विकासमा खर्चगरेपछि जिल्लाबासी पनि खुःसी भएका छन् ।

कांग्रेसका युवा नेता तथा अविवाहित सांसद खतिवडाका
अनुसार उनको २३ महिनाको तलब स्वर्गीय नेता बलबहादुर राईको सालीक निर्माण, हाईड्रोपावर
निर्माण,पुरुश्त्तम दाहालद्धारा लिखित शान्ता उपन्यास लोकार्पण, क्यान्सर पीडित कांग्रेस नेता दिप
प्रसाद खतिवडाको उपचार, जिल्लाका विभिन्न गाविसका पुस्तकालय, विद्यालय, गुम्बा, खानेपानी सिँचाई तथा
विद्युत आयोजना र खेल मैदान निर्माण तथा व्यवस्थापन,खुल्ला दिशामुक्त क्षेत्र घोषणा अभियान सफल पार्न
समेत सहयोग गर्दै आफ्नोनिर्वाचन क्षेत्रका भूकम्प पीडितलाई चरणवद्ध राहत वितरण लगाएतमा खर्च भएको छ ।
तस्विर: सांसद खतिवडाको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई