Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

सूर्यविनायकमा छ्याप्छ्याप्ती अखाद्य मिठाइ

२०७५, १९ कार्तिक सोमबार १६:४३

कात्तिक १९, भक्तपुर (रासस) | तिहार शुरु भएपछि सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा गरेको मिठाई पसल अनुगमनका क्रममा ९० प्रतिशत मिठाई भण्डारमा अखाद्य मिठाई बिक्री गरिरहेको पाइएको छ । 

आज गरेको अनुगमनका क्रममा टोलीले अखाद्य वस्तु मिसाएर बनाएको मिठाई, ढुसी आएको, बिग्रिएको र पुरानो मिठाई तथा मिठाई बनाउन प्रयोग हुने तेल भारी मात्रामा नष्ट गरेको छ । सृजना नगरस्थित कन्हैया स्विट एण्ड चाट हाउस, सल्लाघारीको गणपति स्विट हाउस, लक्ष्मी स्विट एण्ड चाट हाउस, सूर्यविनायकको गणेश मिठाई भण्डार, सूर्यविनायक मिठाई भण्डार, पाण्डुबजारको जय माता दी स्विट एण्ड चाट हाउसमा अखाद्य वस्तु मिसाएर मिठाई बनाएको अनुगमनका क्रममा फेला पारिएको थियो । 

केहि पसल दर्ता नभएका र केही दर्ता भए पनि नवीकरण नगरिएको पाइएको छ । तिहारका लागि बनाइएको अधिकांश मठाई पकाउने तेल जाँच गर्दा रानसिड (एशिड) बढी भई गुणस्तरहीन भएको, तेलमा अखाद्य वस्तुको मिसावट भएको, म्याद नाघेको रंग प्रयोग गरेको, आवश्यकताभन्दा अत्यधिक बढी अखाद्य रंग प्रयोग गरिएको, बासी मिठाई र म्याद नाघेको सामानहरु ठूलो मात्रामा जफत गरी नष्ट गरेको अनुगमन समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख जुना बस्नेतले जानकारी दिनुभयो । 

सूर्यविनायकस्थित लक्ष्मी मिठाई भण्डार एवं फुड क्याफे र सिद्धिलक्ष्मी मिठाई तथा दही भण्डार अन्यको तुलनामा राम्रो र सफा पाइएको थियो । 

सूर्यविनायक नगरपालिकाले सोमबार सूर्यविनायक क्षेत्रका मिठाई पसलको अनुगमन गर्दै । सल्लाघारी, सिर्जनानगर र सूर्यविनायकका अधिकांश मिठाई पसलमा बनाइएका मिठाईमा अखाद्य वस्तु मिसाइएको पाइएको छ । तस्बिर: रमेश गिरी, भक्तपुर, रासस

त्यसैगरी दधिकोटस्थित मोर्डन दुग्ध डेरीमा गरिएको अनुगमनमा नगरपालिकामा दर्ता नगरी सञ्चालन गरेको पाइएको छ । नगरपालिकाका उपप्रमुख जुना बस्नेतसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक शिवप्रसाद भण्डारी, नवराज आचार्य, नगरपालिका शाखा अधिकृत अनिरुद्र नेपाल, कर्मचारीहरु पूर्णचन्द्र शर्मा, शोभा घिमिरे, सुमित्रा थापा, उपभोक्ता महासङ्घका प्रतिनिधि लक्ष्मी भण्डारी लगायतको टोलीले अनुगमन गरेको थियो । 

मानवीय जीवनमाथि खेलबाड गरी अखाद्य वस्तु मिसाउने व्यक्तिलाई रु पाँच हजार जरिवाना र ६ महीना कैद सजायको व्यवस्था गरिएको खाद्य प्राविधिक शिवप्रसाद भण्डारीले जानकारी दिनुभयो । मिठाई बनाउँदा पाँच केजीमा एक ग्राम मात्रै खान उपयुक्त भनेर प्रमाणित गरेको रङ राख्न पाइने भए पनि व्यापारीले पाँच किलो मिठाईमा १५ ग्रामसम्म रंग प्रयोग गरेको पाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ