Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा बालश्रम यथावत तर जिल्लालाई बालश्रमिक मुक्त जिल्ला बनाइयो

२०७५, २३ कार्तिक शुक्रबार ०३:२७

– नीरज गौतम | कात्तिक २३, नेपालगञ्ज (रासस) | बाँकेको नेपालगञ्ज शहरका प्रायः सबैजसो उद्योग, व्यापार र व्यवसायमा कामदारका रूपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ । शहरमा बालश्रमिकको अवस्था यथावत हुँदापनि यस जिल्लालाई बालश्रमिक मुक्त जिल्ला बनाइएको छ । 

झण्डै दश वर्षअघि (सन् २००७ नोभेम्वर २० मा) जिल्ला बाल कल्याण समिति र बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न संस्थाले यस जिल्लालाई ‘बालश्रमिक मुक्त जिल्ला’ घोषणा गदा त्यसैबेला यस विषयमा प्रश्न उठाइएको थियो । जुनबेला जिल्लामा बालश्रम उन्मूलन भइसकेको थिएन तर गैरसरकारी संस्थाले जिल्ला बालकल्याण समितिलाई मनाएर त्यसो गरिएको हल्ला त्यतिबेलै चलेको थियो ।“बालश्रमका विषयमा सबै कुरा बुझ्न समितिको बैठक छिट्टै बस्ने र त्यसपछि बालश्रम नियन्त्रणका लागि ठोस कार्यक्रम तय गर्न सकिएला”, प्रमुख जिल्ला अधिकारी मदन भुजेलको भनाइ छ । 

यस्तो अवस्था हुँदाहुँदै पनि नेपालगञ्जमा अहिले फेरि बालमैत्री स्थानीय शासन अभियान सञ्चालन गरिएको छ । एक वर्षअघि नै सक्नुपर्ने यो अभियानले समयभित्र उद्देश्य र लक्ष्य हासिल गर्न नसकेपछि अहिले समयसीमा नै नराखी अभियानलाई निरन्तरता दिइएको छ । यो अभियानका लागि सबैभन्दा ठूलो बाधक यति धेरै सङ्ख्यामा बालश्रमिक रहनु पनि हो । प्राप्त तथ्याङ्कअनुसार नेपालगञ्जमा मात्रै अहिले झण्डै दुई हजार भन्दाबढी बालश्रमिक विभिन्न उद्योग, व्यापार र व्यवसायमा कार्यरत छन् । 

“बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान तोकिएको समयमा नसक्नुमा बालश्रमसम्बन्धी तथ्याङ्क अद्यावधिक नहुनु पनि हो । अद्यावधिक नभएको तथ्याङ्कका आधारमा अभियानको कामलाई सहज रूपमा सञ्चालन गर्न बाधा पुग्नु स्वाभाविक हो”, नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास केन्द्र प्रमुख कृष्णप्रसाद जोशी बताउनुहुन्छ । 

कूल २३ वडा रहेको यस नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न ३९ सूचक तयार गरी शुरुवाती चरणमा ठूलै तामझामका साथ सञ्चालन गरिएका कार्यक्रमले तोकिएको समयमा आफ्नो लक्ष्य भेट्टाउन सकेन । अलिे अभियानको गति अहिले भने सुस्त देखिएको छ । 

“दश वर्षसम्म बाँकेका बालश्रमिकको तथ्याङ्क अद्यावधिक गर्न नसकिएको अवस्थामा हामीले कसरी यो जिल्लाअन्तर्गतको नेपालगञ्ज नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न सक्छौ ?”, नगरस्तरीय बाल क्लब सञ्जालका अञ्जना चर्तुवेदीको प्रश्न छ । 

तथ्याङ्कअनुसार बाँके जिल्लामा हाल नौ वर्षमुनिका पाँच, १० देखि १४ वर्षका ६० र १४ देखि १७ वर्षका ४० प्रतिशतभन्दा बढी बालबालिका बालश्रमिकका रूपमा कार्यरत छन् । “हामीले बालमैत्री नगरपालिका घोषणा गर्न सबैको सहयोग खोजेका छाँै । तर नगरपालिका एक्लैले मात्र गर्न सक्ने विषय यो होइन । हामीले त अगुवाई मात्र गर्ने हो । यो सबैको साझा सवाल बन्नुपर्छ”, सामाजिक विकास केन्द्र प्रमुख जोशीको भनाइ छ । 

कानूनबमोजिम १४ वर्ष उमेरसम्मका बालबालिकालाई कुनै पनि बहानामा श्रममा लगाउन पाइँदैन तर यहाँका प्रायःजसो व्यवसाय सञ्चालन गरिने प्रतिष्ठानहरूमा सोही उमेरका बालबालिकालाई पनि श्रममा लगाएको सहजै देख्न सकिन्छ । अनुगमन र नियमन गर्ने निकाय पनि यस सम्बन्धमा तै चुप, मै चुप भएर बसेका छन् । श्रम कार्यालय, जिल्ला बालकल्याण समिति र सरोकारवालाले कहिल्यै पनि बालश्रम राख्ने उद्योग, व्यापार र व्यावसायिक प्रतिष्ठानमा अनुगमन र नियमन गरेको सूचना बाहिर आएको छैन । 

बाँकेलाई बालश्रम मुक्त र नेपालगञ्जमा बालमैत्री स्थानीय शासन घोषणा अभियानमा जिल्ला बाल कल्याण समिति, नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, गाउँपालिकाहरू, युनिसेफ, सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्लब, बागेश्वरी असल शासन क्लब (बास) लगायत सरकारी तथा गैरसरकारी निकाय क्रियाशील रहे पनि नतिजा सोचेजस्तो आउन सकेको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ