2026-11-01 10:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

राष्ट्रपतीकपमा रमाउँदै ओखलढुंगाका सांसदहरु (फोटोफिचर)

rastrapani running shilda okhaldhunaga13पूर्णप्रसाद
न्यौपाने/फाल्गुण ८, ओखलढुंगा ।
ओखलढुंगाका सांसदहरुले खेलकुदको विकास आफुहरुको प्राथमिकताको
विषय रहेको बताएका छन् ।

जिल्लामा सुरु भएको निर्वाचन
क्षेत्रस्तरीय राष्ट्रपतीकप रनिङ शिल्ड प्रतियोगीता उद्घाटन विषेश कार्यक्रममा बोल्दै जिल्लाका चारैजना
सांसदहरुले यस्तो बताएका हुन् । खेलकुदको विकासका लागि आफुहरुले पनि सक्दो सहयोग गर्ने जिल्लाका सबै
सांसदहरुले संयूक्त प्रतिवद्धता जनाएका छन् ।

rastrapani running shilda okhaldhunaga12

‘विश्वमा जती पनि मुलुकहरु चर्चामा छन् त्यसको पछाडि खेलकुदको भूमिका छ’ सांसद
यज्ञराज सुनुवारले भन्नुभयो‘हाम्रो देशका खेलाडिहरुले पनि राम्रो प्रश्तुती देखाएर नेपाललाई चर्चामा
पु¥याउने प्रयास गरिरहेका छन्’ नेपालको खेल क्षेत्रको विकासका लागि जिल्ला जिल्लाबाट खेलकुदको विकास
गर्नुपर्ने उहाँको भनाई छ । सांसद सुनुवारले जिल्लाको खेलकुदक्षेत्रको विकासका लागि सँधै लागि पर्ने
भन्दै तत्काल जिल्ला खेलकुद विकास समितिलाई २ लाख रकम दिने घोषणा गर्नुभयो ।

rastrapani running shilda okhaldhunaga11

‘खेल स्वास्थ्य र राष्ट्र दुवैका लागि भन्नेकुरा विश्वले स्विकार गरिसकेको
छ’सांसद रामहरी खतिवडाले भन्नुभयो‘अब खेलकुदको विकासका लागि सबैले आ आफ्ना ठाँउबाट पहल गर्नुपर्ने
उहाँको भनाई छ ।’ पछिल्लो समय देशका विभिन्न मुलुकमा पुगेर नेपाली खेलाडिले खेलेको खेलले विश्वको ध्यान
नेपाल तिर रहेकाले यसलाई व्यवस्थापपन गर्दै अगाडि बढ्नुपर्ने उहाँको भनाई छ । सांसद खतीवडाले पनि योजना
बनाएर अघिबढे सँगै साथ दिने भन्दै तत्काल जिल्ला खेलकुद विकास समितिलाई २ लाख रकम दिने घोषणा गर्नुभयो
।

rastrapani running shilda okhaldhunaga10

‘खेलकुदको विकासका लागि तल्लोतहबाट पहल
सुरुगर्नुपर्छ’सांसद हर्कबोल राईले भन्नुभयो ‘खेलक्षेत्रको विकास अपेक्षीत हुनका लागि सम्बन्धीत सबैमा
ईमान्दारीताको खाँचो छ ।’ विकासका लागि आफु बढि चिन्तीत रहेको बताउँदै खेल क्षेत्रको विकास आफ्नो पहिलो
प्राथमिकताको विषय बन्ने बताउनुभयो । सांसद राईले प्रत्यक्ष निर्वाचीत सांसद सुनुवार र खतिवडा भन्दा ५०
हजार बढि २ लाख ५० हजार तत्काल जिल्ला खेलकुद विकास समितिलाई दिने घोषणा गर्नुभयो ।

rastrapani running shilda okhaldhunaga9

‘खेलकुदको विकासले अरु धेरै विकासका ढोकाहरु खोल्छ’सांसद
सकुन्तोला राजभण्डारीले भन्नुभयो ‘खेलकुदको विकासका लागि म मैले सक्ने सहयोग गर्छु’जिल्ला जिल्लामा हुने
खेलकुद प्रतियोगीतामा महिलाहरुलाई पनि प्राथमिकता दिएर सहभागि गराउनुपर्ने उहाँको भनाई छ ।

rastrapani running shilda okhaldhunaga8

जिल्लाका सबै युवा सांसदहरुले खेलकुद प्रतियोगिता उद्घाटन
पश्चात मैदानमा उत्रीएर रमाईलो गर्दै खेल खेलेका थिए । सांसद खतीवडा निर्वाचन क्षेत्र नं. २ को
मानेभञ्ज्याङमा सुरु भएको प्रतियोगिता उद्घाटन गरेपछि आफैँ पनि दौडमा सहभागि हुनुभएको थियो । भने
सांसदहरु सुनुवा र राई निर्वाचन क्षेत्र नं. १ को सदरमुकाममा सुरु भएको प्रतियोगिता उद्घाटन गरेपछि
आफुहरु पनि आयोजक र अतिथि बिच भएको मैत्रीपूर्ण भलिबल खेलमा सहभागि हुनुभएको थियो । भने सांसद
राजभण्डारी अरु सांसदको खेल हेरेर रमाईरहनुभएको थियो ।

rastrapani running shilda okhaldhunaga7

सांसदहरुको सहभागिता र सहयोग तथा प्रतिवद्धताले जिल्लाको खेलकुद विकासका लागि थप
योजनाका साथ अघि बढ्ने प्रेरणा मिलेको जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष रुपलाल तामाङले
बताउनुभयोे । सांसदहरु समेत खेलमा सहभागिहुँदा दर्शकहरु खुब रमाईरहेका थिए ।

rastrapani running shilda okhaldhunaga6

rastrapani running shilda okhaldhunaga5

rastrapani running shilda okhaldhunaga4

rastrapani running shilda okhaldhunaga3

rastrapani running shilda okhaldhunaga2 rastrapani running shilda okhaldhunaga1

rastrapani running shilda okhaldhunaga

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द