2026-09-19 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ

भक्तपुर, २८ कात्तिक | भक्तपुरको सूर्यविनायक नगरपालिका–६ दार्जलिङ हाइटमा बस्ने जीतबहादुर तामाङको कोठाबाट विभिन्न सामान चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले चोरीमा संलग्न रहेको अभियोगमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ भारदेउ घर भई हाल ललितपुरको ग्वार्खो बस्ने १९ वर्षीय राजु तामाङ र काभ्रे तेमाल गाउँपालिका– ९ मेच्छे घर भई हाल ललितपुर जिल्ला इमाडोल बस्ने २१ वर्षीय किसन तामाङलाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार तामाङको कोठाबाट नगद रु एक लाख र मोबाइल सेट एक थान र सूर्यविनायक–६ सुन्दरबस्तीमा कोठामा बस्ने रमिता तामाङको मोबाइल सेट एक थानसहित दुई जनालाई पक्राउ गरेको प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । 

निजहरुको साथबाट प्रहरीले चोरिएका मोबाइल, सुनचाँदीका गहना, नगद बरामद गरेको र गिरोहमध्येका फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । यो गिरोहले अन्य क्षेत्रमा पनि चोरी गरेको खुलेकाले थप अनुसन्धान अगाडि बढाएको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई