२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

भारत लैजान लागेको तीन महिलाको नवलपरासीबाट उद्धार

२०७५, २९ कार्तिक बिहीबार ११:५०

कात्तिक २९, परासी | भारत लैजान लागिएको अवस्थामा पश्चिम नवलपरासीबाट प्रहरीले तीन महिलाको उद्धार गरेको छ । 

जिल्लाको सीमावर्ती सुस्ता गाउँपालिकाको रतनगञ्जबाट सिन्धुपाल्चोकका दुई र बाँकेका एक गरी तीन महिलालाइ बेच्न लैजान लागेको आशङ्कामा उद्धार गरिएको हो । स्थानीय एक सुनिता गुरुङलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको कुवेत लैजाने लोभमा दिल्ली पुर्याउन लागेको सूचना पाएपछि सुनिताको घरबाट प्रहरी चौकी रामनगरको टोलीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । 

प्रहरी निरीक्षक केदार बस्नेतका अनुसार उद्धार गरिएका महिलाले दिल्लीको बाटो हुँदै कुवेत पठाउने भन्दै आफूहरुलाई त्यहाँ राखिएको बताएका छन् । प्रहरी नियन्त्रणमा रहेकी सुनिताले नवलपरासीमा बसेर महिलालाई भारत पठाउँदै आएको र एक जना महिलालाई पठाएबापत रु दश हजार लिने गरेको पनि खुल्न आएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो