Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नेपालगञ्ज शहर ‘नो हर्न’ घोषित

२०७५, १ मंसिर शनिबार ०९:३८

मङ्सिर १, बाँके | नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र हर्न निषेधित क्षेत्र (नो हर्न) घोषणा भएको छ । ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले नेपालगञ्ज उपमहानगरभित्र हर्न बजाउन निषेध गरेको छ । ‘नो हर्न’ अभियानअन्तर्गत आजदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र हर्न बजाउन नपाइने भएको छ । 

नेपालगञ्जलाई ध्वनि प्रदूषणमुक्त नगर बनाउने लक्ष्यअनुसार सवारी साधनमा जडान भएको ‘हर्न’ उपमहानगर क्षेत्रमा बजाउन प्रतिबन्ध लगाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिनुभयो । 

उहाँका अनुसार मङ्सिर महीनाभर अभियान सफल पार्न ब्यापक प्रचारप्रसार गरिनेछ । नेपालगञ्जलाई पूर्णरुपमा हर्न निषेधित नगर घोषणा गर्न मङ्सिर महीना सरोकारवाला र सङ्घ संस्थाको समन्वयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । 

निषेधित क्षेत्र घोषणा गर्दै बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले अभियान सफल पार्न सबैलाई आग्रह गर्नुभयो । नेपालगञ्ज प्रवेश गर्ने नाकामा होर्डिङ बोर्ड राखिने, यातायात समिति, व्यवसायीलगायत सरकारी निकायसँग छलफल गरिएको र नगरलाई हर्न निषेधित क्षेत्र बनाउन अन्य कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार बढ्दो सवारीसाधनको चापका कारण नगर क्षेत्रमा अत्याधिक ध्वनि प्रदूषण भएपछि हर्न निषेधित गरिएको हो । जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार पहिलो चरणमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अभियान लागू गरिएको छ । 

अभियान शुरु भएसँगै अब सवारी साधनले हर्न बजाए रु एक हजार ५०० जरिवाना गरिनेछ । पछिल्लो समय नेपालगञ्जमा ध्वनि प्रदूषण बढ्दै गएपछि अभियान शुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ‘‘बढ्दो ध्वनि प्रदूषणले चुनौती थपेको छ । बजारमा हिँड्दा सवारी साधनको हर्नका कारण केही सुनिदैन,’’ प्रहरी निरीक्षक रोकायले भन्नुभयो, “त्यसैले नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको हो ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ