२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

इञ्जिनीयरको हत्या आरोपित पक्राउ

२०७५, ६ मंसिर बिहीबार ११:४६

मङ्सिर ६, सप्तरी । यहाँ एक इञ्जिनीयरको हत्या गरेको अभियोगमा अग्नीसाइर कृष्णसवरण ४ का ५३ वर्षीय श्रीलाल मण्डल पक्राउ परेका छन् । 

राजविराज निवासी इ हरिनारायण देवको हत्या अभियोगमा फरार मण्डल पक्राउ परेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । साविक बोरिया गाविस ३ स्थित घरमा खाना खाएर सुत्नका लागि राजविराज –६ स्थित घरतर्फ आउने क्रममा घर नजीकै देवको २०६७ पुस १३ गते साँझ गोली हानेर हत्या गरिएको थियो । देव राष्ट्रियसभाका सदस्य जीतेन्द्रनारायण देवका दाजु हुनुहुन्थ्यो । 

झण्डै आठ वर्षमा मण्डल पक्राउ परेपछि मुल्तबीमा रहेको उनिविरुद्धको मुद्दा पुनः चालु हुने भन्दै जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले थुनछेकको आदेशको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । जिल्ला अदालतले २०७१ फागुन ११ गते मण्डलसहित साविक पकरी गाविस ३ का हरेराम यादव, लालापट्टी गाविस २ का अजित सिंह भनिने अजय यादव र प्रसवनी गाविस ८ का अविनाश भनिने उपेन्द्र यादवको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राखेको थियो । 

यसैगरी पक्राउ परेका बोरिया ३ का गङ्गाराम यादवलाई सर्वस्वसहित जन्मकैद तथा मोहनपुर ३ का दिलजले भनिने उमेश राम र देवराम भनिने अनिलकुमार यादवलाई जनही पाँच वर्ष कैद सजायको फैसला भएको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध २०७२ असार १६ गते अनिलले र साउन ६ गते गङ्गारामले पुनरावेदन गरेकामा उच्च अदालत जनकपुर राजविराज इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गर्दै २०७३ कात्तिक १० गते फैसला गरेको थियो । 

ट्रयाक्टरबाट लडेर मृत्यु 

कञ्चनरुप नगरपालिका ६ की एक बालिकाको आज ट्«याक्टरबाट लडेर मृत्यु भएको छ । सञ्जीव चौधरीकी छोरी दुई वर्षीया कृतिकाको निधन भएको उनका हजुरबुवा कुशेश्वरले जानकारी दिनुभयो । 

घर नजीकै रहेको मामाघरमा बिग्रेर राखिएको ट्र्याक्टरमा खेलिरहेकी बालिका लडेर घाइते भएपछि उपचारका लागि स्थानीय धर्मेश्वर अस्पताल ठेलिया लगिएकामा थप उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटामा मृत्यु भएको काका हजुरबुवा देवनारायणले बताउनु भयो । 

राजविराजस्थित गजेनद्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षण गरी घर परिवारलाई बुझाइएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा