२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा होली मनाउँने बहानामा मनपरि गर्नेलाई कानुनी कारबाहि हुने

२०७२, ८ चैत्र सोमबार १२:५६

okhaldhunga policeपूर्णप्रसाद न्यौपाने/चैत ८,
ओखलढुंगा ।
होली पर्वलाई सभ्य बनाउन जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लाबासीलाई आग्रह
गरेको छ ।

होली पर्वका समयमा हुन सक्ने घटनालाई मध्येनजर गर्दै
कार्यालयले सार्वजानीक सुचना जारी गरेर जिल्लाबासीलाई यस्तो आग्रह गरेको हो । होलीके पूर्वसन्ध्यामा
सार्वजानीक सुचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जिल्लाबासीहरुलाई शुभकामना व्यक्त
गर्नुभएको छ ।

प्रजिअ अधिकारीद्धारा हस्ताक्षरीत सुचनामा
अन्तरसद्भाव कायम राख्न आग्रह गर्दै होली पर्व मनाउने बहानामा ईच्छा विपरीत जवजस्ती रंग दल्ने,फोहोर
पानि छ्याप्ने, प्लाष्टिकजन्य लोला हान्ने बाटो हिँड्ने,महिला बालबालीका लगाएतलाई दुःख दिने जस्ता हर्कत
गरेको पाईएमा कडा कानूनी कारबाहि गरिने उल्लेख गरिएको छ ।

यसैविच जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले पनि चाडवाडका समयमा अनैतिक काम नगर्न सवै जिल्ला
बासिहरुमा आग्रह गरेको छ । होलीपर्वलाई लक्षीत गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी प्रमुख
दिपेन्द्र शाहले बताउनुभयो । त्यस्तै अस्थायी ट्राफीक प्रहरी पोष्ट ओखलढुंगाले सडकलाई होली मनाउने
स्थलको रुपमा प्रयोग नगर्न अनुरोध गरेको छ ।

चाडवाडका समयमा
मापासे गरि सवारी चलाउदा दुर्घटना हुन सक्ने भएकोले त्यसतर्फ सचेत रहन आग्रह गर्दै आज दिनभर ट्राफीक
प्रहरीले ओखलढुंगामा माईकिङ गरेको थियो ।

पर्वको समयमा विगतमा
धेरै दुर्घटना जन्य घटनाहरु भएकाले पुर्व सतकर्कता अपनाउन आग्रह गरिएको ट्राफीक प्रहरी ईन्चार्ज कुमार
फुयालले बताउनुभयो । भोली पहाड र पर्सि तराईका जिल्लाहरुमा धुमधामका साथ होलीपर्व मनाईँदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट