मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p>मङ्सिर १०, बनेपा | बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोको नमोबुद्ध नगरपालिका–२ बुच्चकोटमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार काठमाडौँबाट भकुण्डेतर्फ गइरहेको को २८ प १३१४ नं को मोटरसाइकल अर्को सवारी साधनसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार मोरङ जिल्ला सानोपोखरा–७ बस्ने वर्ष ३९ को पूर्णबहादुर मगर घाइते भएको र धुलिखेल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु हो ।&nbsp;</p><p>प्रहरीका अनुसार सो मोटरसाइकललाई कुन सवारी साधनले ठक्कर दियो भन्ने कुरा खुल्न सकेको छैन । ठक्कर दिने सवारी साधनको खोजी कार्य भइरहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।&nbsp;</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply