Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 29, 2018 पर्सा - PRS, समाज

नक्कली नागरिकता लिने दुई भारतीय पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १३, वीरगञ्ज | जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी लिन पेश गरेको नागरिकता नक्कली भएको आरोपमा पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई मङ्गलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–९ बस्ने दिनेशकुमार साह र अरविन्दकुमार सर्राफ रहेका छन् ।

साहले नक्कली नागरिकताको आधारमा राहदानी लिन खोज्दा तथा सर्राफले झुठो विवरण पेस गरी २०६३ सालमा लिएको नागरिकताको आधारमा छोराको नागरिकता बनाउन खोज्दा पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

अनुसन्धानको क्रममा सर्राफको नेपाल भारत दुवैतर्फका नागरिकता भेटिएकाले यसबारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

२०६३ सालमा स्थानीय जनप्रतिनिधिको सिफारिशमा टोलीले जथाभावी नागरिकता वितरण गर्दा त्यसको मौका छोपी ५० प्रतिशतभन्दा बढी भारतीयले नक्कली विवरण पेश गरी नेपाली नागरिकता लिएकाले त्यसको छानबिन हुनुपर्ने वीरगञ्जवासीको माग रहेको छ ।