2026-09-18 08:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

अपराध नियन्त्रणमा सकृय बन्दै ‘कुन्दन’

kundan deb1पूर्णप्रसाद न्यौपाने/चैत १६, ओखलढुंगा ।
ओखलढुंगा प्रहरीले चोरीमा संलग्न २ जना लाई पक्राउ गरेको छ ।

विगत लामो समय देखि स्थानिय स्तरका पसल फोर्ने, व्यक्तीकाघर तथा करेसाबारीमा भएका सामानहरु
चोर्ने र स्थानियलाई डरधाक धम्की दिँदै आएका कुन्तादेवीका २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ
पर्नेमा कुन्तादेवी २ का १५ वर्षीय जिवन धमला र ३५ वर्षीय डिल्ली प्रसाद धमला रहेको ईलाका प्रहरी
कार्यालय वरुणेश्वरका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनिहरुले गत फाल्गुण ४ गते कुन्तादेवी पसल डाँडामा रहेको स्थानिय धर्मानन्द
धमलाको पसलबाट १ लाख २५ हजार बराबरको सामान चोरेको र फेरी फाल्गुण २७ गते सोहि पसल फोरेर चोरी गरेका
हुन् । स्थानिय स्तरमा चोरी र डरधाक धम्कीम संलग्न अन्य पनि रहेको अनुसन्धानले देखाएकाले उनिहरुको
खोजीकार्य भईरहेको ईलाका प्रहरी कार्यालय वरुणेश्वले जनाएको छ ।

प्रहरीले जिवन धमला र डिल्ली प्रसाद धमलाका सहयोगी बनेर चोरीमा संलग्न अन्य केहि युवाहरुलाई
पनि पक्राउ गरेको छ । चोरी गरेको समान सहित पक्राउ परेकाहरु विरुद्ध कानुनी प्रक्रिया अघि बढाईएको
जिल्ला प्रहरी प्रमुख दिपेन्द्र शाहले बताउनुभयो । अहिले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेकाले
उनिहरुलाई कानुन अनुसार कडा कारबाहि हुने उहाको भनाई छ ।

उता
बरुणेश्वर ईलाका प्रहरी प्रमुख भएर कुन्दन देव आईसकेपछि स्थानिय स्तरमा हुने सामाजिक विकृती र हिँसाका
घटना न्यूनिकरणमा टेवा पुगेको स्थानिय सरोकारवालाहरुले बताएका छन् । ‘गाँउमा खुब विकृती मच्चीएको
थियो,कुन्दनले सब ठिक पारे’ रामपुरका एक स्थानियले भन्नुभयो‘प्रहरी देख्ने वित्तीकै खराब नियत भएका
युवाहरु डराउन थालेका छन्’ रामपुर क्षेत्रमा विहान देखि क्याराम्बोट र अपरान्न पछि मदिरा सेवन गरी
जुवातासको अखडा जमाएर बस्नेहरुलाई पनि कुन्दनले सम्झाएर सार्वजानीक स्थलमा अब त्यसो गर्दिन भन्ने बनाएका
छन् । प्रहरीको सकृयता पछि वरुणेश्वर ईलाका भित्र अपराधीक घटनाहरुमा समेत कमी आएको स्थानियको भनाईछ

kundan deb

ईलाका प्रहरी
प्रमुख देवले कार्यभार सम्हालेसँगै रामपुर सरसफाई अभियान सञ्चालन गर्नुभएको थियो,उक्त अभियान अहिले पनि
चलिरहेको छ । भने ईलाका भित्रहुने गरेको अबैद्य मदिरा उत्पादन,विक्रि,वितरण र सेवनकार्यलाई नियन्त्रणका
लागि अभियान थालेको प्रहरीले अबैद्य मदिरा नियन्त्रणमा लिएर नष्ट गर्ने गरेको छ ।

अपराध नियन्त्रणमा कुन्दनले खेलेको भूमिका महत्वपूर्ण देखिएको सांसद रामहरी
खतीवडाले बताउनुभयो । ‘अनुहार हेरेर होईन कामका आधारमा हामीले राम्रो भन्ने हो’खतिवडाले
भन्नुभयो‘कुन्दनको काम गराई राम्रो देखियो,आगामी दिनमा पनि जिम्मेवार भएर काम गरे सबैको साथ रहन्छ,’
राम्रो काम गर्नेलाई सबैले सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।

ओखलढुंगामा प्रहरी प्रशासनले पछिल्लो समय शान्ति सुरक्षा सँग सँगै अन्य जनपक्षीय सामाजीक काम
समेत गर्ने गरेको छ । ‘अरु त सबै गफ मात्रै गर्ने हुन् काम त प्रहरीले नै गर्नुपर्छ’प्रहरी प्रमुख
दिपेन्द शाहले भन्नुभयो ‘समाजमा हुने जुनसुकै घटनामा पनि प्रहरी पहिला पुग्छ र सेवा दिन्छ’ घटना घटेपछि
पक्राउ गरेर कारबाहि सुरु गर्नुभन्दा पनि घटना घट्न नदिन विभिन्न चेतनमुलक कार्यक्रमहरु गरिरहेको जिल्ला
प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई