३१ असार २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

अपराध नियन्त्रणमा सकृय बन्दै ‘कुन्दन’

१६ चैत्र २०७२, मंगलवार ०२:४७

kundan deb1पूर्णप्रसाद न्यौपाने/चैत १६, ओखलढुंगा ।
ओखलढुंगा प्रहरीले चोरीमा संलग्न २ जना लाई पक्राउ गरेको छ ।

विगत लामो समय देखि स्थानिय स्तरका पसल फोर्ने, व्यक्तीकाघर तथा करेसाबारीमा भएका सामानहरु
चोर्ने र स्थानियलाई डरधाक धम्की दिँदै आएका कुन्तादेवीका २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ
पर्नेमा कुन्तादेवी २ का १५ वर्षीय जिवन धमला र ३५ वर्षीय डिल्ली प्रसाद धमला रहेको ईलाका प्रहरी
कार्यालय वरुणेश्वरका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनिहरुले गत फाल्गुण ४ गते कुन्तादेवी पसल डाँडामा रहेको स्थानिय धर्मानन्द
धमलाको पसलबाट १ लाख २५ हजार बराबरको सामान चोरेको र फेरी फाल्गुण २७ गते सोहि पसल फोरेर चोरी गरेका
हुन् । स्थानिय स्तरमा चोरी र डरधाक धम्कीम संलग्न अन्य पनि रहेको अनुसन्धानले देखाएकाले उनिहरुको
खोजीकार्य भईरहेको ईलाका प्रहरी कार्यालय वरुणेश्वले जनाएको छ ।

प्रहरीले जिवन धमला र डिल्ली प्रसाद धमलाका सहयोगी बनेर चोरीमा संलग्न अन्य केहि युवाहरुलाई
पनि पक्राउ गरेको छ । चोरी गरेको समान सहित पक्राउ परेकाहरु विरुद्ध कानुनी प्रक्रिया अघि बढाईएको
जिल्ला प्रहरी प्रमुख दिपेन्द्र शाहले बताउनुभयो । अहिले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेकाले
उनिहरुलाई कानुन अनुसार कडा कारबाहि हुने उहाको भनाई छ ।

उता
बरुणेश्वर ईलाका प्रहरी प्रमुख भएर कुन्दन देव आईसकेपछि स्थानिय स्तरमा हुने सामाजिक विकृती र हिँसाका
घटना न्यूनिकरणमा टेवा पुगेको स्थानिय सरोकारवालाहरुले बताएका छन् । ‘गाँउमा खुब विकृती मच्चीएको
थियो,कुन्दनले सब ठिक पारे’ रामपुरका एक स्थानियले भन्नुभयो‘प्रहरी देख्ने वित्तीकै खराब नियत भएका
युवाहरु डराउन थालेका छन्’ रामपुर क्षेत्रमा विहान देखि क्याराम्बोट र अपरान्न पछि मदिरा सेवन गरी
जुवातासको अखडा जमाएर बस्नेहरुलाई पनि कुन्दनले सम्झाएर सार्वजानीक स्थलमा अब त्यसो गर्दिन भन्ने बनाएका
छन् । प्रहरीको सकृयता पछि वरुणेश्वर ईलाका भित्र अपराधीक घटनाहरुमा समेत कमी आएको स्थानियको भनाईछ

kundan deb

ईलाका प्रहरी
प्रमुख देवले कार्यभार सम्हालेसँगै रामपुर सरसफाई अभियान सञ्चालन गर्नुभएको थियो,उक्त अभियान अहिले पनि
चलिरहेको छ । भने ईलाका भित्रहुने गरेको अबैद्य मदिरा उत्पादन,विक्रि,वितरण र सेवनकार्यलाई नियन्त्रणका
लागि अभियान थालेको प्रहरीले अबैद्य मदिरा नियन्त्रणमा लिएर नष्ट गर्ने गरेको छ ।

अपराध नियन्त्रणमा कुन्दनले खेलेको भूमिका महत्वपूर्ण देखिएको सांसद रामहरी
खतीवडाले बताउनुभयो । ‘अनुहार हेरेर होईन कामका आधारमा हामीले राम्रो भन्ने हो’खतिवडाले
भन्नुभयो‘कुन्दनको काम गराई राम्रो देखियो,आगामी दिनमा पनि जिम्मेवार भएर काम गरे सबैको साथ रहन्छ,’
राम्रो काम गर्नेलाई सबैले सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।

ओखलढुंगामा प्रहरी प्रशासनले पछिल्लो समय शान्ति सुरक्षा सँग सँगै अन्य जनपक्षीय सामाजीक काम
समेत गर्ने गरेको छ । ‘अरु त सबै गफ मात्रै गर्ने हुन् काम त प्रहरीले नै गर्नुपर्छ’प्रहरी प्रमुख
दिपेन्द शाहले भन्नुभयो ‘समाजमा हुने जुनसुकै घटनामा पनि प्रहरी पहिला पुग्छ र सेवा दिन्छ’ घटना घटेपछि
पक्राउ गरेर कारबाहि सुरु गर्नुभन्दा पनि घटना घट्न नदिन विभिन्न चेतनमुलक कार्यक्रमहरु गरिरहेको जिल्ला
प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता ‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट अदालतको आदेशविपरीत कार्य गरेको भन्दै बालेन शाहलाई कारबाही गर्न माग संसद् विघटनको कुराले मलाई पछ्याइरह्यो :पूर्वराष्ट्रपति ‍भण्डारी ‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष ‘सरकारको कामले जनतामा आशा जगाएको छ’ राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस दुबईमा ‘श्रमिक आवास सम्बन्धी सचेतना तथा श्रमिक संवाद’ कार्यक्रम सम्पन्न बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट सञ्चालनमा: मन्त्री खडका नेप्से परिसूचक ३४ अङ्कले बढ्यो देशभरका छाउगोठ भत्काउन सांसदहरुको माग