2026-09-18 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

विभिन्न क्षेत्रमा आवद्ध युवाहरुद्धारा कालीमायाँलाई सहयोग

पूर्णप्रसाद न्यौपाने, चैत १६, ओखलढुंगा
/
 ओखलढुंगाको पात्लेकी कालीमायाँलाई विभिन्न क्षेत्रमा आवद्ध युवाहरुले सहयोेग गरेका छन्

help1

जगारीका लागि विभिन्न मुलुुकमा पुगेका ओखलढुंगेली युुवाहरुले संयुक्तरुपमा ५० हजार नगद सहित
लत्ता कपडा सहयोग गरेका हुन् । विगत ६६ वर्ष देखि ओडारमा बस्दै आाएकी कालीमायाँ सहयोग पाएपछि अहिले घरमै
बस्दै आएकी भएपनि उनलाई निकै समस्या रहेको भन्दै त्यो समस्या समाधानमा साउदी,कतार लगाएतका स्थानमा
पुगेका युवाहरुले चासो देखाए अनुसार नै जम्मा भएको सहयोग आफु कालीमायाँको घरमा पगेर हस्तान्तरण गरेको
सहयोगी मध्येका एक देब बहादुर सुनुवारले जानकारी दिनुभयो ।

‘जब
उहाँको अवस्था बारे हामीले थाह पायौँ त्यो बेला देखि नै सानुठेुलो सहयोग गरिरहेका छौँ’उहाँले
भन्नुभयो‘कालीमायाँ अलि अस्वस्थ हुनुुहुन्छ,उहाँको उपचारका विषयमा पनि हामीले सोचीरहेका छौँ’ उपचार गरेर
बाँचुन्जेल सहयोग गर्ने र उहाँको नाममा जुटेको सहयोगको दिर्घकालीन व्यवस्थापन गर्ने विषयमा पनि योजना
बनाईरहेको सुनुवारको भनाई छ ।

help3

सुनुवार सेवा समाज शाखा साउदीबाट २४ हजार ५ सय, भुकम्प पीडित अभियानबाट
छुट्टयाइएको २० हजार, कतारमा कार्यरत नेपालीहरु बाट २० हजार, ४ अमेरिकी निबासी आङ दामु शेर्पा ५ हजार, ५
समाज सेबि मोहन सुनुवार ५ हजार, टेकेन्द्र सुनुवार ट्रकिङ गाइडबाट १ हजार र नाम उल्लेख न गर्ने सर्तमा
एक जना सुनुवार चेली बाट एक हजारगरी जम्मा ७६ हजार ५ सय संकलन भएको र उक्त रकमबाट सहयोग गरिएको सहयोगी
अभियान्ता किशोर सुनुवारले जानकारी दिनुभयो । केहि दिन अघि देब सुनुवार,जिबन सुनुवार,उपेन्द्र सुनुवार र
लिला सुनुवारले पात्ले पुगेर कालीमायाँलाई सहयोग हस्तान्तरण गर्नु भएको थियो ।

help2

वि. सं. २००५ देखि नै ओडारमा
बस्दै आएकी पात्ले–८ लप्सेडाँडाकी ८० वर्षीय कालीमाया सुनुवारलाई विभिन्न क्षेत्रमा आवद्ध व्यक्ती तथा
निकायहरुले सहयोग गरिरहेका छन् । सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन,प्रशारण भएपछि सहयोगीहरु जेटेपछि
कालीमायाँले अहिले एक सहयोगीको साथ र बासबस्ने घर सहित बाचुन्जेल सहयोग गर्ने सहयोगि हातहरु भेट्टाएकि
छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई