Skip to content
Friday, July 17, 2026 Nepali Online Media

लागुऔषधसहित तीन युवक पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १८, सप्तरी | भारतबाट लागुऔषध ओसारिरहेका तीन जनालाई प्रहरीले भारतीय सीमा नजीक छिन्नमस्ताबाट सोमबार पक्राउ गरेको छ ।

छिन्नमस्ता गाउँपालिका–३ बाट पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ फत्तेपुरका २० वर्षीय विजय देव, राजविराज नगरपालिका–६ का ३० वर्षीय सुनिल गुप्ता र वडा नं ८ का २१ वर्षीय सागरकुमार मण्डल रहेका छन् । प्रहरीले जाँचका क्रममा देवको साथबाट नाइट्रोभेट १५० ट्याब्लेट, गुप्ताको साथबाट नाइट्रोभेट ३० ट्याब्लेट र मण्डलको साथबाट डिएलेक्स डिएल तीन बोतल बरामद गरेको छ ।

गाँजा नष्ट

प्रहरीले सप्तरीको बिष्णुपुर गाउँपालिकाका तीन वडामा सोमबार एक हजारभन्दा बढी गाँजाको बोट नष्ट गरेको छ । बिष्णुपुर गाउँपालिका वडा नं २, ३, र ४ स्थित ६१ घरपरिवारले लगाएको गाँजाको बोट नष्ट गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय बिष्णुपुरको प्रहरी टोलीले गाँजाको बोट नष्ट गरेको हो ।