Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिन्धुपाल्चोकका सञ्चारकर्मी पुरस्कृत हुने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर १८, मेलम्ची | लामो समयदेखि पत्रकारिता क्षेत्रमा समर्पित मोफसलका छ सञ्चारकर्मीलाई नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाले पुरस्कृत गर्ने भएको छ ।&nbsp;<br></p><p>महासङ्घको २६औँ साधारणसभाको अवसरमा यही मङ्सिर २४ आयोजना गरिने कार्यक्रममा महासङ्घ सिन्धुपाल्चोकका पूर्वसभापति ऋषिराम पौड्याललाई ‘सिन्धु पत्रकारिता सम्मान २०७५’ प्रदान गरिने जनाएको हो । महासङ्घका सचिव दिनेश थापाका अनुसार ‘कञ्चन ज्ञानेन्द्र स्मृति पुरस्कार’ अन्नपूर्ण पोष्ट दैनिकका जिल्ला संवाददाता एवं पूर्वसभापति युवराज पुरीलाई, ‘जुगल नवोदित पत्रकारिता पुरस्कार’ सिन्धु प्रवाह साप्ताहिकका नानीराम नेपाललाई, ‘स्व दुर्गाप्रसाद स्मृति पत्रकारिता पुरस्कार’ नयाँ पत्रिका दैनिकका जिल्ला संवाददाता रामकृष्ण थापालाई, ‘स्व रामप्रसाद घिमिरे स्मृति पत्रकारिता पुरस्कार’ प्रमोद न्यौपानेलाई र ‘स्व पवित्रा घिमिरे स्मृति पत्रकारिता पुरस्कार’ रेडियोकर्मी चन्द्रकला खत्रीलाई प्रदान गरिने भएको छ । महासङ्घको आज बसेको बैठकले उक्त निर्णय गरेको थियो ।&nbsp;</p><p>बैठकले महासङ्घ आबद्ध नवीकरण नगरेका सदस्यको सदस्यता खारेज गर्ने र नेपाल पत्रकार महासङ्घ ३ नम्बर प्रदेशस्तरीय कार्य समितिको बैठक सिन्धुपाल्चोकमा राख्न आमन्त्रण गर्ने पनि निर्णय गरेको छ ।&nbsp;</p>