2026-11-02 05:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकका सञ्चारकर्मी पुरस्कृत हुने

मङ्सिर १८, मेलम्ची | लामो समयदेखि पत्रकारिता क्षेत्रमा समर्पित मोफसलका छ सञ्चारकर्मीलाई नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाले पुरस्कृत गर्ने भएको छ । 

महासङ्घको २६औँ साधारणसभाको अवसरमा यही मङ्सिर २४ आयोजना गरिने कार्यक्रममा महासङ्घ सिन्धुपाल्चोकका पूर्वसभापति ऋषिराम पौड्याललाई ‘सिन्धु पत्रकारिता सम्मान २०७५’ प्रदान गरिने जनाएको हो । महासङ्घका सचिव दिनेश थापाका अनुसार ‘कञ्चन ज्ञानेन्द्र स्मृति पुरस्कार’ अन्नपूर्ण पोष्ट दैनिकका जिल्ला संवाददाता एवं पूर्वसभापति युवराज पुरीलाई, ‘जुगल नवोदित पत्रकारिता पुरस्कार’ सिन्धु प्रवाह साप्ताहिकका नानीराम नेपाललाई, ‘स्व दुर्गाप्रसाद स्मृति पत्रकारिता पुरस्कार’ नयाँ पत्रिका दैनिकका जिल्ला संवाददाता रामकृष्ण थापालाई, ‘स्व रामप्रसाद घिमिरे स्मृति पत्रकारिता पुरस्कार’ प्रमोद न्यौपानेलाई र ‘स्व पवित्रा घिमिरे स्मृति पत्रकारिता पुरस्कार’ रेडियोकर्मी चन्द्रकला खत्रीलाई प्रदान गरिने भएको छ । महासङ्घको आज बसेको बैठकले उक्त निर्णय गरेको थियो । 

बैठकले महासङ्घ आबद्ध नवीकरण नगरेका सदस्यको सदस्यता खारेज गर्ने र नेपाल पत्रकार महासङ्घ ३ नम्बर प्रदेशस्तरीय कार्य समितिको बैठक सिन्धुपाल्चोकमा राख्न आमन्त्रण गर्ने पनि निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द