2026-09-01 04:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण

मङ्सिर २०, वामी | गुल्मीको मुसिकोट नगरपालिकाले कृषकका लागि ५० प्रतिशत अनुदानमा आधुनिक हाते ट्र्याक्टर वितरण गरेको छ । 

नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषक व्यक्ति र कृषक समूहलाई खेतबारी जोत्नका लागि आधुनिक नौ वटा हाते ट्र्याक्टर वितरण गरेको हो । बुधबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी प्रत्येक वडाका एक÷एक जनालाई हाते ट्र्याक्टर वितरण गरिएको नगरपालिकाका अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो । 

वडा कार्यालयमा आएका निवेदनअनुसार व्यक्ति तथा समूहलाई वडाको सिफारिशअनुसारलाई ट्र्याक्टर वितरण गरिएको अधिकृत भण्डारीले बताउनुभयो । उहाँका अनुसार बोलपत्र प्रक्रियाबाट रु ७५ हजारमा खरीद गरिएका ट्र्याक्टरलाई रु ३७ हजार ५०० नगरपालिकाको अनुदान सहयोग तथा रु ३७ हजार ५०० स्वयं कृषक वा समूह आफ्नै लगानीमा हाते ट्र्याक्टर पाएका हुन् । कृषकलाई खनजोतमा सहज होस र उत्पादन वृद्धि गरी समृद्ध मुसिकोट निर्माणमा कार्यक्रम फलदायी हुने अधिकृत भण्डारीले बताउनुभयो । 

महोत्सवमा आर्थिक सहयोग थपिँदै झण्डै रु एक करोड सङ्कलन 

बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सवमा दैनिकरुपमा आर्थिक सहयोग रकम थपिँदै गइरहेको छ । महोत्सवको पाँचाँै दिन अर्थात् बुधबारसम्म नगद चन्दा प्रतिबद्धता, धान सुनलगायतबाट गरी कूल रु ९८ लाख बराबरको आर्थिक सहयोग जुटेको निसीभुजी जनता क्याम्पस ढोरपाटन बुर्तिवाङका क्याम्पस प्रमुख कृष्णकान्त आर्चायले बताउनुभयो । 

पश्चिम बागलुङकै एकमात्र क्याम्पस निसीभुजीलाई सुविधा सम्पन्न क्याम्पस बनाउन शैक्षिक तथा धार्मिकोत्सवको आयोजना गरिएको हो । महोत्सव मङ्सिर २२ गतेसम्म सञ्चालन हुने क्याम्पस प्रमुख आर्चायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो