2026-06-30 08:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा भूकम्प पीडितलाई अनुदान बितरणको प्रक्रिया सुरु

rahat bitaran newsपूर्णप्रसाद न्यौपाने/चैत २३, ओखलढुंगा ।
ओखलढुंगामा भूकम्प पीडितलाई अनुदान बितरणको प्रक्रिया सुरु भएको छ ।

सिद्धिचरण नगरपालीका अन्र्तगत साविकको रुम्जाटार गाविसबाट अनुदान वितरणको प्रक्रिया सुरु
गरिएको हो । साविकको रुम्जाटार गाविस भवनमा पुननिर्माण प्राधिकरणका प्रतिनिधी सहित सांसद,प्रमुख जिल्ला
अधिकारी स्थानिय विकास अधिकारी सहितका सरोकारवाला र भूकम्प पिडितहरुको उपस्थितीमा भएको कार्यक्रममा
अनुदान पाउने रुम्जाटारका पाउने ४७ घरधुरीको सूची सार्वजनिक गरिएको सिद्धिचरण नगरपालीकाका कार्यकारी
अधिकृत राजन घिमिरेले जानकारी दिनुभयो ।

उहाँले सूचीमा परेका
भुकम्पपिडितहरुले लगत संकलन गर्दा दिइएको अर्धकट्टी, नेपाली नागरिकताको प्रमाणपत्र र जग्गा धनीको
लालपुर्जा लगाएतका कागजात समावेश गरी गाविस र नगरपालिकाका कार्यलयमा सम्झौता गरेपछि रकम दिने प्रक्रिया
अगाडि बढ्ने बताउनुभयो ।

सूचीमा परेका व्यक्तिले अनुदानको पहिलो किस्ताबापत ५० हजार
प्राविधिकरणले तोकेको बैङ्क खातामा खाता खोलिएपछि प्राप्त गर्ने छन् । त्यसैगरी दोस्रो किस्ता बापत ८०
हजार भवनको टाइ (डिपिसी लेभल) पुरा गरेर प्राविधिकले सिफारिस गरेपछि र अन्तिम किस्ता बापत ७० हजार घरको
छाना निर्माण भएपछि उपलब्ध गराउने बताईएको छ ।

कार्यक्रममा सहभागि
सांसद यज्ञराज सुनुवारले पुर्ननिमाणका कार्य ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले
प्राविधिकरणले तत्काल गाउँगाउँमा कर्मचारी खटाएर भवन निर्माणका कार्य अगाडि बढाइ जनतालाई बर्षाद अगावै
छानाभित्र बस्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सांसद सुनुवारले दोलाखामा भएको कार्यालयले
ओखलढुंगामा सेवा दिन नसक्ने बताउनुभयो ।

ओखलढुंगामै प्राधिकरणको
अधिकार प्राप्त कर्मचारी सहितको कार्यालय ओखलढुंगामै स्थापना गराउन आफुले पनि पहल गर्ने बताउनुभयो ।
अहिले दोलाखामा रहेको उपक्षेत्रीय कार्यालयले दोलखा रामेछाप र ओखलढुंगा हेर्दै आएको छ

पुर्जा नहुने पीडितले अनुदान नपाउने
उपत्यकाका तीन र दोलखाबाहेकका १०
जिल्लामा सरकारले वितरण गर्ने निजी निवासको अनुदान रकम जग्गाधनी पुर्जा नहुनेले तत्काल नपाउने भएका छन्

पुनर्निर्माण कार्यविधिविपरीत अनुसार अनुदान वितरण हुनेहुँदा
त्यस्ता पीडित सुविधाबाट वञ्चित भएका हुन् । क्षति भएका घरको जग्गा आफ्नै नाममा हुनुपर्ने कार्य्विधिमा
उल्लेख छ ।

अनुदान वितरणमा धनीपुर्जाको समस्या देखिएकाले
कार्यविधि संशोधनका लागि केन्द्रमा प्रस्ताव गरेको पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय दोलखाका
प्रमुख हरिप्रसाद शर्माले बताउनुभयो ।

कार्यविधि संशोधन या
पीडितलाई धनीपुर्जा प्राप्त गर्न लगाएर भए पनि ढिलोचाँडो अनुदान वितरण गर्न प्राधिकरण सकारात्मक रहेको
शर्माको भनाई छ । उहाँका अनुसार लालपुर्जा नहुनु, सार्वजनिक तथा गुठीको जग्गामा घर भएको लगायत नौ
किसिमका समस्या देखिएका छन् ।

सरोकारवाला तथा राजनीतिक दलका
जिल्ला तहका नेताले पनि प्राधिकरणको अनुदान प्रक्रिया व्यावहारिक नभएको बताए । पहिलो किस्तामा ५० हजार
दिने भनिए पनि त्यसका लागि बेहोर्नुपर्ने झन्झटिलो प्रक्रिया गलत भएको नेताहरुको भनाई छ ।

गत माघ १८ देखि सुरु भएको डिजिटल तथ्यांक संकलन ओखलढुंगामा अझै सकिएको छैन
। हालसम्म ३० हजार तीन सय १० घरधुरीको मात्रै तथ्यांक संकलन भइसकेको बताईएको छ ।

पुनर्निर्माण अभियान प्रचारमा सीमित
सरकारले सुरु गरेको
पुनर्निर्माण अभियान ओखलढुंगामा प्रचारमा सीमित छ ।

रुम्जाटारबाट प्रक्रिया सुरु गरएको भएपनि पीडितको नामावली संकलनबाहेको प्रगति देखिएको छैन ।
कतीपय पिडितहरुले यस अघि पूर्णक्षेतीको राहत दिएको सरकारले फेरी नाम हटाएको भन्दै आक्रोस व्यक्त गरेका
छन् । भने नामावलीमा नाम भएका पीडितले कहिले पैसा पाउने भन्ने यकिन छैन ।

प्राधिकरणले जिविसलाई अख्तियारी दिने र जिविसले कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत निकासा
गराई पीडितको बैंक खातामा रकम जम्मा गर्नु पर्ने नियम छ । सम्झौताका लागि बोलाउने सूचना प्रकाशनलगायत
प्रक्रिया पूरा गर्न अझै धेरै समय पर्खिनुपर्ने भएको छ ।

यसैविच
ओखलढुंगामा प्रचारका लागि मात्रै रुम्जाटारबाट अभियान सुरु गरेको बुझिएको छ । जिल्लाका बढि प्रभावित
गाविसहरुबाट अभियान सुरु गर्नुपर्ने आवाज उठेको भएपनि तत्काल प्रक्रिया सुरु भएको प्रचार गर्नकैलागि
सदरमुकाम नजीकको कम प्रभावित रुम्जाटारबाट सुरु गरिएको प्राधिकरणकै कर्मचारीहरुले समेत बताउने गरेका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ