2026-09-13 02:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

साङ्लोमा बाँधिएका चौधरीको उद्धार

नानीमैया कटवाल | मङ्सिर २३, सप्तरी | बाह्र वर्षदेखि साङ्लोमा बाँधिएका मानसिक रोगी ४४ वर्षीय उमाकान्त चौधरीको उद्धार भएको छ । 

राससमा यही मङ्सिर २१ गते ‘साङ्लोमै बित्यो उमाकान्तको जवानी’ शीर्षकको आलेख समाचार प्रकाशित भएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० सप्तरीका प्रतिनिधि मनोहर पोखरेलको पहल र मानव सेवा आश्रमको सहयोगमा शनिबार पीडितको उद्धार भएको हो । 

अग्निसाइर कृष्णसवरन गाउँपालिका–१ का चौधरीलाई हेटौँडास्थित आश्रम लगी उपचार तथा स्याहार गरिने आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले बताउनुभयो । आश्रमका सदस्य सुनम बड्तौला, अभियन्ता नवराज केसी र साधक सन्त लामाले साङ्लो खोली चौधरीलाई लिएर हेटाँैडा जानुभएको हो । उद्धारका समयमा प्रतिनिधिसभा सदस्य सरीता गिरी, प्रदेशसभा सदस्य गोविन्द न्यौपाने, राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दास, गाउँपालिका अध्यक्ष परशुराम चौधरी, वडा नं १ का अध्यक्ष सुशील चौधरी, वडा नं ६ का अध्यक्ष कुसुम आचार्य, इन्सेक प्रदेश संयोजक राजु पासवान, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, इन्सेक प्रतिनिधि पोखरेललगायत पीडितको घर पुग्नुभएको थियो । 

उद्धार गरिएका चौधरीसँग भेट गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय तहबाट हुने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

बड्तौलाका अनुसार चौधरीलाई मानसिक रोग विशेषज्ञसहितको चिकित्सक टोलीबाट नियमित उपचार गराउनुपर्ने बताउनुभयो । लामो समयदेखि साङ्गलोमा बाँधिएका कारण मानसिक रोग जटिल भइसकेको भन्दै अञ्चल अस्पतालका प्रमुख मेसु डा दासले उमाकान्तको सबै किसिमको स्वास्थ्य परीक्षण गरी अस्पतालमा भर्ना गर्नुपर्ने बताउनुभयो । 

तीन छोरी र मानसिक रोगी श्रीमान्को जीविकोपार्जनका लागि अर्काको खेतमा दिनरात मजदुरी गर्दै आएकी पीडितकी श्रीमती सुशीलादेवी चौधरीले आर्थिक अभावले पतिको उपचार गर्न नसकिएको स्थितिमा सहयोग मिलेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले